तल्लो बिँहुलाई शिक्षा र बागवानीको हव बनाउँछौ : उम्मेदवार कार्की


रोशन जि.सी, बागलुङ

नेकपा एमालेका तर्फबाट काठेखोला गाँउपालिका अध्यक्ष पदका उम्मेदवार डिल बहादुर कार्कीले काठेखोला गाँउपालिका वडा नं. ६ तल्लो बिँहुलाई शिक्षा र बागवानीको विशेष क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेकपा एमाले काठेखोलाले सञ्चालन गरेको चुनावी अभियान अन्र्तगत काठेखोला – ६ तल्लो बिँहुमा आयोजित चुनावी सभामा बोल्दै कार्कीले यस्तो बताउनुभएको हो । काठेखोलामा ८ पहिचानका रुपमा अगाडी बढाउने क्रममा वडा नं. ६ तल्लो बिँहुलाई शिक्षा र बागबवानीका रुपमा विकास गर्ने योजनाका साथ अगाडी बढेको उहाँले बताउनुभयो ।



भिमसेन क्याम्पसलाई प्राविधिक धारको शिक्षाको केन्द्र तथा सम्रग वडालाई फलफुल, दुध र तरकारीको विशेष क्षेत्र बनाउने योजनाका साथ चुनावी अभियानमा जुटेको उहाँले बताउनुभयो ।
एमालेले केन्द्रदेखि पालिका सम्म गरेका कामहरुको आधारमा जनताले एमालेका उमेदवारलाई मत दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । एमालेले शुक्रबार वडा नं.६ को किम्बोट, इनारपानी र हटियामा चुनावी सभा सम्पन्न गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य मनकुमारी जि.सी के.सीले महिला दलित, युवा जेष्ठ नागरिक लगायत विभिन्न कारणले पछि परेका समुदायहरुलाई आर्थिक रुपमा सक्षम र सामाजिक रुपमा सवल बनाउन एमालेले निरन्तर काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य हुमाकुमारी जि.सी (अञ्जु), प्रदेश कमिटी सदस्य रामबहादुर जि.सी, नेकपा एमाले जिल्ला कमिटी सदस्य नविन कंडेल, राप्रपा पालिका अध्यक्ष हिरालाल कंडेल, राप्रपा वडा कमिटी अध्यक्ष डिलाराम कंडेल, गाँउपालिका उपाध्यक्षका उमेदवार कोपिला पुन लगायतले एमालेले गरेका काम र लिएका सिद्धान्तका आधारमा जनताले तिनै तहमा एमालेको सरकार खोजेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका तर्फबाट वडा नं. ६ मा वडा अध्यक्ष पदका उमेदवार हरिलाल कंडेल, वडा सदस्यका उमेदवार लिलाधर ढुंगाना, सन्दिप कंडेल, माधवी कंडेल र कान्त वि.कले वडाका विकासका लागि प्रतिवद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । काठेखोला ६ मा एमाले र राप्रपा बीच चुनावी तालमेल भएको छ । एमालेले वडा अध्यक्ष सहित ३ जना सदस्य तथा राप्रपाले १ जना वडा सदस्यका लागि उमेदवारी दिएका छन् ।

नेकपा एमालेले काठेखोलाका ८ वटै वडामा पहिचानका योजना बनाएर चुनावी अभियानमा जुटेको छ । नेकपा एमालेले काठेखोला – ६ तल्लो बिँहुलाइ शिक्षा र बागवानीको विशेष क्षेत्र बनाउने योेजना अगाडी बढाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *