शुद्ध खानेपानीको छुट सहित व्यवस्थापन गर्छु : उम्मेदवार पौडेल


आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले र राप्रपाकोे संयुक्त निर्वाचन प्रचार प्रसार अभियान अन्तरगत बागलुङ नगरपालिका–४ कुडुँलेमा टोलभेला तथा घर दैलो सम्पन्न गरिएको छ ।

घरदैलो पश्चात आयोजना गरेको टोलभेलामा बोल्दै नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवार बन्नुभएका जनकराज पौडेलले आफ्नो कार्यकालमा पुरा नभएका काम गर्न पुन निर्वाचनमा आएको बताउनुभयो । उहाँले कुडुँलेबाट रिङ्रोडको अवधारणा एमालेकै पूर्व नगरप्रमुखले ल्याएको र यसलाई सार्थकता दिलाउन आफूले काम गरेको बताउनुभयो । उहाँले आफ्नै पहलमा भेलचौर–रत्नेचौर पुल निर्माणको क्रममा भएको बताउनुभयो ।

उहाँले आफूलाई पुन एक पटक जिताएर नगरपालिकामा थालेको ठूला तथा आधारभूत योजना पुरा गर्न मौका दिन मतदातालाई आग्रह गर्नुभयो । उहाँले खानेपानीलाई पिउनेपानी बनाउने भन्दै महशुल र धारा जडानमा २५ प्रतिशत छुटको व्यवस्था गर्ने बताउनुभयो । पौडेलले कुडुँलेमा खानेपानीको समस्या आफ्नै कार्यकालमा समाधारन भएको र तल्लो स्थानमा खानेपानीको काम चलिरहेको बताउनुभयो ।

यस्तै उपप्रमुखका उम्मेदवार राप्रपाका सन्जय खड्काले युवालाई रोजगारीको अवसर सृजना गर्ने योजनाका साथ आफू निर्वाचनमा आएको बताउनुभयो । यस्तै वडा अध्यक्षका उम्मेदवार कल्याण केसीले समग्र बानपा ४ मा ठूला विकासका पूर्वाधार निर्माणमा यसअघिका जनप्रतिनिधिले उल्लेख्य काम गरेको र आगमी दिनमा वडाको समग्र विकासका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमखु अतिथि नेकपा एमाले बागलुङका इन्चार्ज गोविन्द नेपालीले एमालेको नीति एमालेको नेतृत्व स्थापित गर्नका लागि सूर्यमा मतदान गर्न आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश सांसद इन्द्रलाल सापकोटा, नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर के.सी, राप्रपाका डिल्लि प्रसाद आचार्य, एमाले नेता बाबुराज कार्की, धु्रव बहादुर केसी, एमाले गण्डकी प्रदेश सदस्य कुमार खड्का, राप्रपाका नेता नविनचन्द शेरबुजा र इन्द्रा खड्का लगायतले मन्तव्य व्यक्त गर्नूभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *