रङ्गेहात पक्राउ परेका बागलुङमा कार्यरत प्रहरी बिरुद्ध भष्ट्रचारको मुद्दा दर्ता


आदर्श अनलाइन, बागलुङ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक महतोविरुद्ध ३८ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गई पदीय हैसियतको दुरुपयोग गरी लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदा लिदै अख्तियारको टोली उनलाई बागलुङ सदरमुकामबाट रङ्गेहात पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस्