सकुर्वामा एमाले–कांग्रेसको गठबन्धन, सूर्यचिन्हबाट वडा अध्यक्ष लड्दै कांग्रेस नेता

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय राजनीतिमा सत्तारुढ पाँच दलले गठबन्धन गरेर स्थानीय निर्वाचनमा होमिए पनि यहाँको जैमिनी नगरपालिकामा भने सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बीच तालमेल गरेर निर्वाचनमा होमिएका छन् ।

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–४ सकुर्वाको निर्वाचनमा एमाले र कांग्रेसबीच समझदारी गरेर निर्वाचनमा गएका छन् । उनीहरुले वडा अध्यक्ष र सदस्य भागवण्डा गरेर चुनवमा होमिएका हुन् ।

पाँचै जनाले सुर्य चिन्हबाट चुनाव लडेका हुन् । जैमिनीमा गठबन्धको भागवण्डा अनुसार सोही वडामा नेकपा एसले टिकट पाएपछि नेपाली कांग्रेस वडा समिति रुष्ट बनेर एमाले संग मिलेको हो ।

नेकपा एसबाट चक्रबाहादुर थापाले वडा अध्यक्षको टिकट पाएपछि कांग्रेसले सुर्यचिन्हबाट उम्मेदवार उठाएको नेपाली कांग्रेस जैमिनी नगरपालिका–४ सर्कुवाका पार्टी सभापती याम बहादुर शाहीले बताउनुभयो ।

एमाले–कांग्रेसको गठबन्धमा वडा अध्यक्ष सहित दुई सदस्य नेपाली कांग्रेस र दुई सदस्य नेकपा एमालेले पाएको छ । एमाले–कांग्रेस गठबन्धबाट नेपाली कांग्रेसका धन बहादुर शाहीले सुर्यचिन्हबाट वडा अध्यक्ष पदको चुनाव लड्नुभएको छ ।

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसका सरस्वती सापकोटा, खुल्ला सदस्यमा नेपाली कांग्रेसका डिल्लिराज पौडेल, नेकपा एमालेबाट दलित महिला सदस्यमा लक्ष्मी किसान नेपाली र एमालेबाट खुल्ला सदस्यमा अमृत सुवेदी लड्नुभएको छ ।

‘गठबन्धले आम कांग्रेसको प्रतिनिधित्व गर्न सकेन, स्थानीयको जनभावना समेट्न सकेन’ सूर्य चिन्हबाट वडा अध्यक्ष पदका उम्मेदवार बन्नुभएका कांग्रेस नेता शाहीले भन्नुभयो ‘कांग्रेस संरक्षण गरेर राखेको ठाउँमा कांग्रेसलेनै चुनाव जित्न एमाले संग मिल्यो, सुर्य चिन्हबाट चुनाव लड्यौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *