स्वतन्त्र उम्मेदवारको चरित्र हत्या गरियो : मेयर पदका उम्मेदवार शर्मा

थम्मन थापा, बागलुङ
देशैभर वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको प्रचारप्रसारमा स्वतन्त्र उम्मेदवारको व्यक्तिगत चरित्र हत्या गरिएको भन्दै गलकोट नगरपालिकाका नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार मन्जु शर्मा चालिसेले आपत्ति जनाएकी छन ।

शर्माले प्रेस विज्ञप्ती प्रकाशित गरेर केहि राजनैतिक दल तथा दलीय गुटहरुले स्वतन्त्र उम्मेदवारको व्यक्तिगत चरित्र हत्या गर्ने, चुनावी सभामा भ्रामक, तथ्यहिन तथा अर्नगल प्रचारप्रसार गरी मतदाताको आफनो स्वतन्त्रताको हकलाई समेत प्रयोग गर्न नदिने गरेकोमा आपत्ति जनाएकी छन ।

विज्ञप्ती मार्फत नागरिकका अधिकारहरु माथि प्रहार गर्ने कुचेष्टा गर्दै प्रचार प्रसार तथा जनताको मतदान गर्ने अधिकारलाई समेत सिन्डिकेट लगाई चुनावी प्रचारप्रसारमा समेत बाधा व्यवधान खडा गरिरहेको चालिसेको दावी छ ।

स्वतन्त्र उम्मेदवारको नमुना मतपत्रमा मुढा चिन्ह हटाई प्रचार प्रसार गरेको आफुहरुले प्रमाण पेश गर्दा समेत सम्बन्धित निर्वाचन कार्यालयले अझै सम्म कानुनी कारवाही नगरेको जानकारी नआएको, सरकार र शक्तिको आडमा मतदाताहरुलाई स्वतन्त्रले जितेमा बजेट आउदैन, भोट हालेमा सरकारबाट पाउने सेवा सुविधा समेत पाउदैन, उनीहरुलाई पार्टीले कारवाही गर्ने जस्ता मिथ्या प्रचार प्रसार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्ती मार्फत नमुना मतपत्रमा चुनाव चिन्ह हटाउने तथा निर्वाचन आचार संहितालाई उल्लङ्घन गर्ने व्यक्ति गुट वा पार्टीलाई कारवाहीको समेत माग गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *