तंग्राममा लडेर एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
बागलुङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्रामका ५५ वर्षीय जग बहादुर किसान घर नजिकैको भीरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

२५ गते सम्र्पकविहिन हुनुभएका किसान खोजतलासको क्रममा आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवन गरेर हिड्नेक्रममा लडेर मृत्यु भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *