जापान त्यागेर रेष्टुरेण्ट सञ्चालन

आदर्श अनलाईन, बागलुङ

अधिकांस नेपाली युवाहरुको सपना हुन्छ, वैदेशिक रोजगार र विदेश अध्ययन ।

देशभित्र रोजगारका प्रर्याप्त रोजगारीका अबसर नहुँदा नेपाल युवाहरु विदेश जान बाध्य छन् । रोजगारीको लागि खाडी मुलुक जाने युवाहरु जसोतसो घर फर्कन्छन तर अमेरिका, अस्टेलिया , जापान र युरोपका देशहरु जहाँ स्थायी बसोबास (पि.आर) कार्ड बन्छ त्यहाँबाट नेपाल फर्कने सम्भावना न्युन छन । पिआर कार्डको सपनामा आधा जिन्दगी नै विदेशमा विताएका धेरै उदाहरण छन् ।

पछिल्लो समय विद्यार्थी भिषामा जापान जाने नेपालीहरुको लर्काे छ । उनीहरुको पनि एउटै सपना हो जसोतसो पढाईको समय कटाएर राम्रो आम्दानी गर्ने । धेरैको सपना अढिएको हुन्छ पिआर मै । सकेसम्म छिटो कार्ड बनाउने र आफ्नै परिवार नै उतै व्यवस्थापन गर्ने । कानुनी ढंगले विदेश जाने र काम तथा अध्ययन गर्ने विषय त सामान्य र नियमित नै भएको तर पछिल्लो समय आकर्षक कमाईको लोभले जसरी पनि विदेश जानुपर्छ भन्ने मान्यको विकाश भएको छ ।

हिजोआजको सामाजिक मनोविज्ञनै विदेश केन्द्रीत बन्दै गएको परिस्थितीमा विदेश त्यो पनि जापान जस्तो आकर्षक गन्तव्यबाट नेपाल फर्केर नेपालमै लगानी गर्छु भन्ने पात्रलाई समाजले हाँसोमा त उडाउँछ नै उनीहरुलाई मुर्खको ट्याग लगाउन समेत पछि पर्दैनन् ।

जसरी पनि विदेश जानुपर्ने सामाजिक मानसिकतालाई चुनौती दिँदै बागलुङको काठेखोला गाउँपालिका–१ पालाका २८ वर्षिय दिल राना भने जापान त्यागेर बागलुङ बजारमा रेष्टुरेन्टमा लगानी गर्नुभएको छ । अध्ययनको लागि पाँच वर्ष अघि जापान पुगेको राना स्वदेश फर्के पछि विदेश जाने मानसिकता त्यागेर रेष्टुरेन्ट संचालनमा ल्याउनुभएको हो ।

करिब २० लाख रुपैयाँ लगानीमा उहाँले बागलुङ बजारको गोल्डेनगेट चोकमा युमी रेष्टुरेन्ट एण्ड बार संचालन गर्नुभएको छ । दुई वर्ष जापानमा अध्ययन सके पछि करिब ३ वर्ष जापानै होटल क्षेत्रका काम गरेको अनुभवलाई नयाँ ढंगले आफैनै माटोमा प्रयोग गर्ने सोचका साथ विदेश मोह त्यागेको उहाँको भनाई छ । उहाँले मासिक ६० हजार रुपैयाँ भाडा तिर्ने गरी घरको दुई तल भाडामा लिनुभएको छ ।

रेष्टुरेन्टमा एक जना कुक, दुई जना वयटर, एक जना हेल्फ र एक जना सरसफाईमा गरी पाँच जनाले रोजगार पाएका छन् । कामदारहरुलाई क्रमशः २५, १५, १२ र १० हजार रुपैयाँका दरले पारिश्रमिक दिने रानाको भनाई छ । रेष्टुरेन्टमा नेपाली, जापानिज खाना, स्थानीय उत्पादनका परिकारको स्वाद लिन पाईन्छ ।

रेष्टुरेन्टमै ४० जना क्षमताको सभाहल समेत निर्माण गरेको संचालक रानाको भनाई छ । ‘विदेश त्यागेर आफ्नै देशमा केही गरौँ भनेर लागेको छु’ उहाँले भन्नुभयो–‘सबैको साथ र सहयोगले सफलता पाउन सकिन्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *