रेशमा एमालेका एकै दिन ८ ठाउँमा टोल भेला

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको स्थानीय तह निर्वाचनको प्रचार प्रचार अभियान अन्तरगत मंगलवार वडा नं. ७ रेशका विभिन्न १० स्थानमा टोल भेला तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

रेशको साविक वडा नं. १ र २ का विभिन्न ठाउँमा आयोजित टोल भेलामा बोल्दै एमालेका तर्फबाट काठेखोला गाउँपालिका अध्यक्षका उमेदवार डिल बहादुर कार्कीले स्थानीय स्तरमा रहेका स्रोत साधनको अधिकतम परिचालन गरी गाउँको समृद्धिका लागि एमालेका उमेदवारलाई विजयी गराउन आव्हान गर्नु भयो ।

आफ्नो गाउँ आफै बनाऔ लगायत समाज रुपान्तरणको खाका एमालेले नै अगाडि सारेको भन्दै उहाँले आगामी दिनमा पनि एमालेकै नेतृत्वमा सामाजिक रुपान्तरणमा एमालेको भूमिका प्रभावकारी हुने उहाँको प्रतिवद्धता थियो ।

एमालेको नेतृत्वमा बनेको काठेखोला गाउँपालिका सरकारले अगाडि सारेका नविनतम कार्यहरुलाई निरन्तरता दिदै थप योजना र कार्यक्रम अगाडि बढाइएको उहाँले बताउनुभयो । काठेखोला गाउँपालिकाका ८ वटा वडामा ८ वटा पहिचान सहितका कार्यक्रम ल्याएर आफुहरु निर्वाचन अभियान निस्केको भन्दै कार्कीले सूर्य चिन्हमा मतदान गरी आफुहरुलाई विजयी गराउन आव्हान गर्नु भयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटि सदस्य राम बहादुर जिसीले काठेखोलाको सरकार एमालेको नेतृत्वमा बनाउनका लाििग ८ वटै वडाका जनताले शुभेच्छा प्रकट गरेको भन्दै रेशवासीले थप सक्रियता देखाउनु पर्नेमा जोड दिनुभयो ।

पिडल्लामा भएको टोलभेलामा युवा समाजसेवी बिरेन्द्र कार्कीले साविक वडा नंं १ का समस्याहरुको बारेमा जानकारी गराउदै एमालेको नेतृत्वले आगामी दिनमा थप सचेतता पुर्वक योजना र कार्यक्रम बनाएर समानुपातिक रुपमा बजेट विनियोजन गरेर काम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

स्थानीय वासिन्दाले एमालेलाई चुनाव जिताउन आफुहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै जिते पछि विकासका काममा ध्यान दिन सुझाव दिनु भएको थियो । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य हरि बहादुर कुँवर, वडा अध्यक्षका उमेदवार प्रेम बहादुर जिसी, एमाले रेशका अध्यक्ष भूमिराज शर्मा, पूर्व अध्यक्ष कृष्ण कार्की, वडा अध्यक्षका उमेदवार डम्बर बहादुर थापा (ढक) र प्रेम बहादुर कार्की, पालिका कमिटिका सदस्य होम बहादुर थापा लगायतले एमालेको नेतृत्वमा वडाका जनप्रतिनिधिले गरेका कामका बारेमा जानकारी गराउनु भएको थियो ।

एमालेका उमेदवारहरु, पार्टीका विभिन्न कमिटिका अगुवाहरुको टोलीले धनेखोरिया, बिसाउना, भिरमूनि, पिडल्ला, सानो तिङरिङ, दुरामारे, बौर, अलडाडा, साविक वडा नं.को सामुदायिक भवन, साविक ८ को नेटा लगायतका स्थानमा टोलभेला तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *