रेशमा एमालेका युवाहरुले गठन गरे ९ वटा स्वयंसेवक दल

रोहन जि.सी.,बागलुङ
नेकपा एमाले समर्थित काठेखोला गाउँपालिका वडा नंं ७ रेशका युवाहरुको निर्वाचन लक्षित प्रशिक्षण मंगलवार सम्पन्न भएको छ । निर्वाचनमा युवाहरुको सक्रिय सहभागिताका लागि साविकका ९ वटै वडामा २०÷२० सदस्यीय स्वयंसेवक दल गठन गरिएको छ ।

युवाहरुलाई निर्वाचनको समयमा कसरी परिचालन हुने, निर्वाचनलाई सहज रुपमा सम्पन्न गर्न युवाहरुको प्रभावकारी भूमिका कसरी गराउन सकिन्छ भन्ने विषयमा युवाहरुलाई प्रशिक्षण दिइएको युवा संघ रेशका अध्यक्ष बुद्धि कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटिका सदस्यहरु राम बहादुर जिसी र हरि बहादुर कुँवर, जिल्ला सचिवालय सदस्य तथा वडा अध्यक्षका उमेदवार प्रेम बहादुर जिसी, काठेखोलामा एमालेका अध्यक्षका उमेदवार डिल बहादुर कार्की, जिल्ला सदस्य भक्त बहादुर कुँवर, युवा संघका अध्यक्ष बुद्धि कार्की लगायतले युवा परिचालनका विषयमा सहजीकरण गर्नु भएको थियो ।

युवाहरुले रेशको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न, जेष्ठ नागरिक लगायत महिला तथा अपाङ्गता भएकाहरुलाई सहज रुपमा मतदान गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *