माओवादी केन्द्र गलकोटले बागी उम्मेदवार उप्रेतीको सदस्यता खारेज गर्यो

थम्मन थापा, गलकोट
नेकपा माओवादी केन्द्र गलकोट नगर समितीले आसन्न स्थानिय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विपरित बागी उम्मेदवारी दिएका नेतालाई पार्टीबाट निलम्बन गरेको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सम्वद्ध ५ दलिय गठबन्धनले अगाडी सारेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै गलकोट नगरपालिका उपप्रमुख पदका स्वतन्त्र उम्मेदवार तिल बहादुर उप्रेतीको पार्टी सदस्यता खारेज गरिएको नेकपा माओवादी केन्द्र गलकोट नगर समितीका सचिव चन्द्रदत्त रेग्मीले जानकारी दिए ।

५ दलिय गठबन्धनको तर्फबाट गलकोट नगरपालिकाको नगर उपप्रमुख पदका आधिकारिक उम्मेदवार फमलाल निउरे विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्र गलकोट नगर समितीका अध्यक्ष तिल बहादुर उप्रेतीलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश समितिको मिति २०७९ वैशाख २३ को चलानी नं।६४ को पत्र संख्या ०७८र०७९ को विशेष निर्देशन अनुसार पार्टीको विधानको धारा ५६ ९२० क बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरिएको नगर सचिव रेग्मीले बताए ।

स्थानिय तह निर्वाचनमा पार्टीको टिकट वितरण प्रणाली प्रति असन्तुष्टी जनाउँदै अध्यक्ष उप्रेतीले गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका थिए । माओवादी केन्द्रले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिई गठबन्धनमा आवद्ध हुन पटक पटक गरेको निर्देशनलाई पालना गर्न आग्रह गरेको थियो । बागी उम्मेदवारी फिर्ता नलिएपछि उनलाई पार्टीको विधान बमोजिम कारवाही गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितीका संयोजक राजिव घिमिरेले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *