गलकोटमा पैसा बाँडेको आरोपमा उम्मेदवार प्रहरी नियन्त्रणमा

डम्मर बुढा मगर, बागलुङ
गलकोटमा स्वतन्त्र उम्मेदवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गलकोट नगरपालिकाको मेयर पदको स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई इलाका प्रहरी कार्यालय गलकोटले नियन्त्रणमा लिएर ६ घण्टापछि छोडेको छ ।

बुधबार राति करिब १० बजे तिर गलकोट नगरपालिका वडा नम्बर ९ विरकोटमा उम्मेदवारले आचारसंहिता विपरित पैसा बाँडेको सूचना पाएपछि प्रहरी त्यस स्थानमा पुगेको थियो । त्यस ठाउँमा उम्मेदवारको टोली नभेटिए पनि त्यसभन्दा केही तल गाडीसहित फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मी जानकारी दिनुभयो ।

उहाँले शर्मालाई १० बजे नियन्त्रणमा लिएर राति ३ बजे मात्रै छोडेको बताउनुभयो । शर्माको साथबाट कुनै पनि रकम फेला नपरेको रेग्मीको भनाई छ । सामान्य छलफलपछि शर्मालाई छोडेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो ।

उम्मेदवार शर्माको टोलीलाई पाँच दलीय गठबन्धनका कार्यकताले बाटो रोकेको समेत पाइएको छ । प्रहरी समयमा नपुगेको भए दुई समूह बीच झडप हुने अवस्था सिर्जना भएको स्थानीयको भनाई छ ।

गलकोट नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद भुषालले यस विषयमा दुवै पक्षलाई बोलाए छलफल गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *