बागलुङका ७ स्थानीय तहमा ६१ प्रतिशत मत खस्यो

सिर्जना पन्त, बागलुङ
बागलुङका ७ वटा स्थानीय तहमा ६५.१६ प्रतिशत मत खसेको छ ।

१ लाख ९३ हजार २ सय २६ मतदाता रहेको बागलुङ जिल्लामा जिल्ला निर्वाचन कार्यालय बागलुङले १ सय ३० मतदान स्थलमा २ सय ३ मतदान केन्द्र निर्धारण गरेको थियो ।

जिल्लाको ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका, बरेङ गाउँपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा ६८ हजार ५ सय ३९ मत खसेको हो ।

जिल्लाको बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा निर्वाचन सम्पन्न भएपनि मतसंख्या प्राप्त हुन नसकेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताउनुभयो । खराब मौसमका कारण मतदान अधिकृतसँग सम्पर्क हुन नसक्दा तीन स्थानीय तहमा खसेको मतसंख्या प्राप्त हुन नसकेको न्यौपनेले बताउनुभयो ।

कुल १७ हजार ६ सय ३० मतदाता रहेको ढोरपाटन नगरपालिकामा १२ हजार १ सय ८६ मत खसेको निर्वाचन अधिकृत लालसिंह थापाले जानकारी दिनुभयो । जुन कुल मतदाताको ६९.१३ प्रतिशत हो ।

जिल्लाको गलकोट नगरपालिकामा १४ हजार ४ सय ७१ मत खसेको प्रारम्भीक तथ्याङक प्राप्त भएको निर्वाचन अधिकृत नेत्रप्रसाद भुषालले बताउनुभयो । नगरपालिकाको कुल मतदाता संख्या २४ हजार ४ सय ८६ रहेको छ ।

१० हजार ६ सय १९ कुल मतदाता संख्या रहेको बरेङ गाउँपालिकामा ६ हजार २ सय ५३ मत खसेको बरेङ गाउँपालिकाका निर्वाचन अधिकृत मनिराम ज्ञवालीले बताउनुभयो । ज्ञवालीका अनुसार कुल मतदाता संख्याको ५८.८९ प्रतिशत मत खसेको हो ।

२१ हजार ३ सय ४१ मतदाता रहेको जिल्लाको काठेखोला गाउँपालिकामा १४ हजार ७ सय ३६ मत खसेको छ ।

कुल मतदाता संख्या ८ हजार ५ सय ६४ रहेको ताराखोला गाउँपालिकामा ५ हजार ४ सय ६१ मत खसेको छ ।

१५ हजार ९ सय १२ कुल मतदाता संख्या रहेको निसीखोला गाउँपालिकामा ९ हजार ९ सय २६ मत खसेको निसीखोला गाउँपालिका निर्वाचन अधिकृत गोविन्द गिरीले बताउनुभयो ।

६ हजार ७ सय ८८ कुल मतदाता संख्या रहेको ताराखोला गाउँपालिकामा ५ हजार ५ सय २४ मत खसेको तमानखोला गाउँपालिका निर्वाचन अधिकृत लाल प्रसाद लामिछानेले बताउनुभयो । विहान ७ बजेबाट सुरु भएको मतदान कार्यक्रम साँझ ६ बजे सम्म सञ्चालन भएको थियो । शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको भन्दै न्यौपानेले सबै मतदान स्थलबाट आएका मतपेटिका बुझेपछि सर्वदलिय बैठक बसेर मतगणना सुरु गरिने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *