बुर्तिबाङमा झडप: दुई घाइते, मत गणना प्रभावित

आदर्श अनलाइन, बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिकामा झडप हुँदा मत गणना प्रभावित बनेको छ । मत गणनाको विषयमा दुई पक्ष बीच झडप हुँदा मत गणना प्रभावित बनेको हो । झडपमा दुई जना घाइते भएका छन् । जस मध्ये एकको अवस्था गम्भीर छ ।

झडपमा ढोरपाटन नगरपालिका वडा नम्बर ९ का २६ वर्षीय भिमबहादुर विक र वडा नम्बर १ का ४० वर्षीय खिमबहाखुर विक घाइते भएका छन् । घाइते भिमबहादुरको अवस्था गम्भीर छ । उनलाई हेलीकप्टर मार्फट फोखराको मणिपाल अस्पतालमा रिफर गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेशकुमार शर्मा अधिकारीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार राति १२ बजे दुई गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ता बीच झडप भएको थियो । झडपका कारण शनिबार दिउसोसम्म पनि मत गणना भएको छैन । मत गणनाका लागि गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा झडप भएको प्रहरीको भनाई छ ।

निर्वाचन कार्यालय ढोरपाटनका निर्वाचन अधिकृत लालसिंह थापाले सर्व दलीय बैठक राखेर तत्तकाल मत गणना गरिने बताउँछन् । शुक्रबार ढोरपाटनको सबै मतदान स्थलमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन भएको थियो ।

११ मतदान स्थल र २४ मतदान केन्द्र रहेको ढोरपाटनमा १२ हजार १ सय मत खसेको थियो । जुन ६९.१३ प्रतिशत हो । ढोरपाटनमा नगरपालिकामा कुल मतदाता १७ हजार ६ सय ३० रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *