बागलुङ नगरपालिकामा मतगणना शुरु


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकामा ५ बजेबाट मतगणना शुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार बागलुङ नगरपालिकाको मतगणना जिल्ला समन्वय समिति बागलुङको सभाहलमा शुरु भएको छ । मतगणनाको सुरुवात मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले गर्नुभएको थियो ।

१४ वडा रहेको बागलुङ नगरपालिकाको दुई स्थानमा मतगणना भइरहेको छ । अहिले बानपा–१ रामरेखा र बानपा १४ नारायणस्थानको मतगणना भइरहेको छ । ४० हजार ११८ रहेको नगरपाकिलामा २५ हजार ८४१ मत खसेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *