ढोरपाटन नगरपालिकामा एमालेको अग्रता


आदर्श अनलाइन, बागलुङ

ढोरपाटन नगरपालिकाको हालसम्मको मतपरिणाम अनुसार एमालेको अग्रता देखिएको छ ।

गयरातिबाट सुरु भएको मतगणना अनुसार नेकपा एमालेले अग्रता कायम गरेको छ । नगरको वडा नं. ९ बाट सुरुभएको गणनामा अनुसार नगर प्रमुखमा नेकपा एमालेका देवकुमार नेपालीले ३७९ मत ल्याउनुभएको छ भने, पाँच दलीय गठबन्धनका चन्द्रलाल अर्यालले ३१३ मत ल्याउनुभएको छ ।

अहिलेसम्म कुल ९०० मत गणना भएको छ । यस वडामा १०६५ मत खसेको थियो ।
यस्तै उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार धनबहादुर कायतले ३७१ मत ल्याएर अग्रता कायम गरेका छन् । राजमो विद्रोही समुहका उम्मेदवार ताराकुमारी पुनलाई ३०१ मत आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *