तमानखोलामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको जीत, एमाले ‘क्लीन स्वीप’

आदर्श अनलाइन, बागलुङ
बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका जोकलाल बुढा विजयी भएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा २ हजार २ सय १९ मत ल्याएर निर्वाचित भएका बुढा यसपटक २ हजार ७ सय ७ मत ल्याएर पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

जिल्लाभर संयुक्त पाँच दलले गठबन्धन गरेर चुनावमा गएपनि तमानखोला गाउँपालिकामा सबै राजनीतिक दलले आ–आफ्ना उम्मेदवार उठाएका थिए ।

गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी निसु रसाइलीलाई ८ सय १० मत अन्तरले पराजित गदैै नेपाली काँग्रेसकी हिरा कुमारी छन्त्याल विजयी भएकी छिन् । छन्त्यालले २ हजार ७ सय १९ मत प्राप्त गर्दा रसाईलीले १ हजार ९ सय ५८ मत प्राप्त गरेकी छिन् ।

गाउँपालिका अध्यक्षमा नेकपा ९माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका देवबहादुर पुनले १ हजार ९ सय ९५ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका देवेन्द्र छन्त्यालले ३ सय ९२ मत प्राप्त गरेका छन् ।

अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले विजय प्राप्त गरे पनि वडा अध्यक्षमा भने गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिकाको वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का थमबहादुर रोका, वडा नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का नारायण सुनार, वडा नम्बर ३ मा नेपाली काँग्रेसका झकबहादुर बुढा, वडा नम्बर ४ मा नेकपा (माओवादी केन्द्र)का छवी श्रीपाली, वडा नम्बर ५ मा नेपाली काँग्रेसका हिराबहादुर श्रीपाली र वडा नम्बर ६ मा नेपाली काँग्रेसकै चित्र छन्त्यालको प्यानल विजयी भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *