गठबन्धन (नेकपा एस)का पालिका उपाध्यक्ष उम्मेदवारलाई जम्मा १ भोट !


आदर्श अनलाइन, बागलुङ

पाँच दलिय गठबन्धबाट बागलुङको तमानखोला गाउँपालिकाको उपाध्यक्षमा टिकट पाएर चुनावी मैदानमा उत्रिएका नेकपा एकीकृत समाजवादी पार्टीका तारानाथ सिर्पालीले जम्मा एक मत मात्रै पाएका छन् ।

गठबन्धनमा जिल्लाभर भागबण्डाको सहमति अनुसार नै सिर्पालीले मनोनयन दर्ता गराउनुभएको थियो । उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सम्भवतः यो भोट सिर्पाली स्वंयम्ले हालेको आँकलन छ । यद्यपि, उहाँसँग टेलिफोन सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।

जिल्ला तहबाट गठबन्धनमा सहमति गरिए पनि तमानखोला गाउँपालिकामा सहमति विपरित नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत उपाध्यक्षमा छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए । उपाध्यक्षमा चार जनाको प्रतिस्पर्धा भएकोमा नेपाली कांग्रेसकी हिराकुमारी छन्त्यालले २७ सय ६८ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँँका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी निसु रसाइलीले १९ सय ५८ मत प्राप्त गर्नुभएको छ भने जनता समाजवादी पार्टीकी गिता घर्तिले ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस पालिकाका दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका जोकलाल बुढा २७ सय ७ मतका साथ बिजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका देवबहादुर पुनले १९ सय ९५ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका देवेन्द्र छन्त्यालले ३ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

गठबन्धन अनुसार नेकपा एसलाई उपाध्यक्ष परेर सिर्पालीले टिकट लिएर मनोनयन दिए पनि स्थानीय स्तरमा कांग्रेसले असन्तुष्ट बन्दै छन्त्याललाई उठाएको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा २ हजार २ सय १९ मत ल्याएर निर्वाचित हुनुभएका थियो । गठबन्धको जिल्लाव्यपाी सहमति कार्यान्वयन नभए पछि नेकपा एसका नेता, कार्यकर्ता रुष्ट बनेका छन् ।

गठबन्धको निर्णय अनुसार भागवण्डामा उपाध्यक्ष परेपनि कांग्रेस र माओवादीले गठबन्धनको निर्णय नमानेपछि बाध्य भएर पछाडी हट्न निर्देशन गरेको नेकपा एसका केन्द्रिय सदस्य श्रीप्रसाद शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *