काठेखोला ३ मा गठबन्धनलाई पराजित गर्दै एमालेका विकको प्यानल विजयी

आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका–३ मा नेकपा एमालेका कुलबहादुर विक प्यानल सहित विजयी भएका छन् ।

विकले नेकपा एकिकृत समाजवादीका यामबहादुर श्रीषलाई ३ सय ४९ मतले पराजित गरेका हुन् । विकले ९ सय ६ मत प्राप्त गर्दा श्रीषले ५ सय ५७ मत प्राप्त गरेका छन् ।

विक सँगै दलित महिला सदस्यमा विष्णु विक, महिला सदस्यमा टुल्कीदेवी खड्का, खुल्ला सदस्यमा दिपेन्द्र खत्री र प्रेम घर्ती विजयी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *