ढोरपाटनमा गठबन्धन र एमाले बीच कडा प्रतिस्पर्धा

आदर्श अनलाइन, निसीखोला
ढोरपाटन नगरपालिकामा पाँच दलीय गठबन्धन र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा देखिएको छ । ढोरपाटन नगरपालिका वडा नंम्बर ९ देखि सुरु गरिएको मत गणनामा वडा नम्बर ७ र ८ को गणना भएको छ । हाल सम्मको मत परिणमा अनुसार मेयर पदमा नेकपा एमालेका देवकुमार नेपाली ८९ बढि मतले अगाडी छन् ।

हालसम्म नेपालीको २१४६ र गठबन्धको तर्फदेखि मेयर पदका उम्मेदवार चन्द्र अर्यालको २०५७ रहेको छ । उपमेयर तर्फ गठबन्धका धनबहादुर कायतको नेकपा एमालेका तारा पुनभन्दा भारी मतले अग्र स्थानमा छन् । कायतले २४८८ मत प्राप्त गर्दा पुनले १६८४ प्राप्त गरेकी छिन् । उपमेयरमा कायत ८०४ मतान्तरले अग्रस्थानमा छन् ।

वडा नम्बर ६ मा नेकपा एमालेका उमेश बुढाले वडा अध्यक्षमा जितेका छन् । गठबन्धका सुरज कुमार अदैले ६९८ मत प्राप्त गर्दा नेकपा एमालेका उमेश बुढा मगरले ७८१ मत प्राप्त गरी ८३ मतान्तरले जितेका छन् ।

वडा नम्बर ७ मा बल बहादुर अदै र धन बहादुर अदै विच कडा प्रतिस्प्रर्धा भएको थियो । जसमा धन बहादुर अदैसहितको गठबन्धनको प्यानलनै विजयी भएको छ । वडा नम्बर ८ मा गठबन्धनका भद्रमणी सुनारको प्यानलले जित हात पारेको छ भने वडा नम्बर ९ मा नेकपा एमालेका खिम बहादुर घर्ती विजयी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *