निसीखोलामा भारी मतले गठबन्धनको अग्रता

आदर्श अनलाइन, निसीखोला
निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धले सुरुवाती देखिनै अग्रता लिएको छ । गाउँपालिका अध्यक्ष पदमा गठवन्धनको तर्फदेखि सुर्य बहादुर घर्ती र उपाध्यक्षमा प्रेम बहादुर घर्तीले निरन्तर भारी मतले अग्रता लिँदैे आएका छन् ।

अध्यक्षमा कांग्रेसका घर्तीले ४०८५ मत प्राप्त गर्दा नेकपा एमालेका भुमिराज घर्तीको १७५७ मत ल्याएका छन् । हालसम्म २३२८ मतान्तरले सुर्यबहादुर घर्ती अगाडी छन् । प्रमुखमा राप्रपाको १६० मत प्राप्त हुँदा स्वतन्त्र पुतली चिन्हको २३५ मत प्राप्त भएको छ ।

उपाध्यक्षमा गठबन्धका प्रेम घर्तीको ३७०० मत प्राप्त हुँदा एमालेका भोटु चन्दको २०२४ मत प्राप्त भएको छ । राप्रपाको १२९ मत प्राप्त भएको हो । हालसम्म वडा नम्बर १ मा नेपाली कांग्रेसका चन्द्र सिंह रामजाली, वडा नम्बर २ मा माओवादी केन्द्रका कुविर विक, वडा नम्बर ३ मा जनमोर्चाका रमेश विक्रम शाही र वडा नम्बर ४ मा कांग्रेसका टिकानिधि पौडेलले जित हाँसिल गरि सकेका छन् ।

अहिले वडा नम्बर ५ र ६ को मत गणना हुँद्यै छ । निसीखोला गाउँपालिकामा ७ वटा वडा रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *