बागलुङ नगरपालिका १२ मा स्वतन्त्र उम्मेदवार कोपीलामणी विजयी

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–१२ अमलाचौरको वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार कोपिला मणी शर्मा विजयी भएका छन् ।

मुडा चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका शर्माले नेकपा एमालेका गुरुदत्त पाठकलाई ५ सय ३७ मतको अन्तरले पराजित गरेका हुन् ।

शर्माले १ हजार ३३८ मत प्राप्त गर्दा एमालेका पाठकले ८ सय १ मत प्राप्त गरेका छन् । तेसैगरी अध्यक्षमा सत्तारुढ पाँच दलिय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माले १ सय ७८ मत प्राप्त गरेका छन् ।

महिला वडा सदस्यमा नेकपा एमालेका शान्तिदेवी शर्मा ५ सय ३० मत, दलित महिला सदस्यमा नेकपा एमालेका टिकादेवी सार्की, सदस्यमा नेकपा एमालेकै सोमबहादुर रोका ३६० र एमालेकै कृष्ण बहादुर कार्की ३ सय २८ मत प्राप्त गरि विजयी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *