ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी

आदर्श अनलाइन, बागलुङ

बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देव कुमार नेपाली पुनःविजयी हुनुभएको छ ।

संयुक्त पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६ सय मतले पराजित गर्दै नेपाली दोस्रो कार्याकालको लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १३५मत प्राप्त गर्नुभएको छ । नगरपालिकाको उपमेयरमा पाँच दलिय गठबन्धनका धनबहादुर कायत विजयी हुनुभएको छ । नेपाली काँग्रेसका कायतले ५ हजार ६५० मत प्राप्त गर्नुभएको छ । उपमेयरमा राष्ट्रिय जनमोर्चा (विद्रोही समहु)का ताराकुमारी पुनले ४ हजार ४८४ मत प्राप्त गर्नुभएको छ । पुनले नेकपा एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिनुभएको थियो ।

यस्तै वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका बानबहादुर छन्त्याल ६ सय ८२ मत प्राप्त गरि विजयी भएका छन् । वडा नम्बर २ को अध्यक्षमा राष्ट्रिय जनमोर्चाका भेकबहादुर खत्री ७ सय २८ मत प्राप्त गरि विजयी भएका छन् ।

तेसैगरी वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमालेका खिमबहादुर सुनार ५ सय ९० मत, वडा नम्बर ४ को अध्यक्षमा नेकपा एमालेका तिलक पुन ९ सय ५ मत, वडा नम्बर ५ मा नेकपा एमालेका दिपेन्द्र पुन मगर ७ सय ९७ मत, वडा नम्बर ६ मा नेकपा एमालेका उमेश कुमार बुढा मगर ७ सय ८१ मत, वडा नम्बर ७ मा राष्ट्रिय जनमोर्चाका धनबहादुर अदै ४ सय ९७ मत, वडा नम्बर ८ मा नेकपा (माओवादी केन्द्र)का भद्रमणी सुनार ७ सय ९ मत र वडा नम्बर ९ मा नेकपा एमालेका खीमबहादुर घर्ती मगर ४ सय २ मतले विजयी हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *