बागलुङ नगरपालिकाको मयेरमा श्रेष्ठ र उपमेयरमा खड्का

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको मयेरमा नेपाली काँग्रेसका बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । सत्तारुढ पाँच दलिय गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १४ हजार ६०८ मत प्राप्त गरे ।

उनका प्रतिद्वन्दी नेकपा एमाले राप्रपाका उम्मेदवार तथा निर्वतमान नगरप्रमुख जनकार पौडेलले ८ हजार ८२१ मत प्राप्त गरे ।

नगरपालिकाको उपमेयरमा गठबन्धनकै उम्मेदवार नेकपा (माओवादी केन्द्र)का राजु खड्का निर्वाचित भएका छन् । खड्काले १२ हजार ४२७ मत प्राप्त गर्दा एमाले राप्रपाका उम्मेदवार राप्रपाका सञ्जय खड्काले ८ हजार ६५ मत प्राप्त गरे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *