बागलुङले पायो महिला पालिका प्रमुख


आदर्श अनलाइन, बागलुङ

बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गण्डकी थापा विजयी हुनुभएको छ । पाँच दलिय गठबन्धनको साझा उम्मेदवार थापा एक मात्रै महिला पालिका प्रमुख हुनुभएको छ । गाउँपालिका अध्यक्षमा निर्वाचित थापाले ७ हजार २७३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका राजनकुमार पाइजाले ५ हजार ७०० मत प्राप्त गर्नुभएको छ । पाइजा गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका छोरा हुनुहुन्छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा थापा पाइजाको प्रतिस्पर्धी हुनुहुन्थ्यो । ५ सय ९२ मतले मेहरसिंह पाइजा सँग पराजय हुनुभएको थापा अहिले उहाँकै छोरालाई पराजित गर्दै विजयी हुनुभएको छ । गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार राष्ट्रिय जनमोर्चाका भिमसेन वन विजयी हुनुभएको छ । वनले ७ हजार १०३ मत प्राप्त गर्दा नेकपा एमालेका मीना कुमारी रायमाझीले ५ हजार ७२७ मत प्राप्त गर्नुभएको छ ।

यस अघिको निर्वाचनमा समेत १० वटा पालिकामा महिला पालिका प्रमुख निर्वाचित भएका थिएनन् । १० वटा वडा रहेको गाउँपालिकामा नेकपा एमालेले ३, नेपाली काँग्रेसले ३, नेकपा (माओवादी केन्द्र)ले २ र राष्ट्रिय जनमोर्चाले १ स्थानमा विजय प्राप्त गरेका छन् । वडा नम्बर १ मा राष्ट्रिय जनमोर्चाका बोमबहादुर थापा ६ सय ८३ मत, वडा नम्बर २ मा नेकपा एमालेका ढालप्रसाद शेरचन ६ सय ८० मत, वडा नम्बर ३ मा नेकपा एमालेका खड्कबहादुर पुन ६ सय ८९, वडा नम्बर ४ मा नेकपा (माओवादी केन्द्र)का मिलन रेश्मी ९ सय ७२ मतले विजयी भएका छन् । वडा नम्बर ५ मा नेकपा एमालेका विष्णु प्रसाद आचार्यले एक हजार १२, वडा नम्बर ६ मा नेपाली काँग्रेसका वीरबहादुर केसी ५ सय ३२ मत, वडा नम्बर ७ मा नेपाली काँग्रेसका दिपेन्द्र केसी ७ सय ६९ मतले विजयी भएका छन् ।

त्यसैगरी वडा नम्बर ८ मा नेकपा एमालेका यामबहादुर श्रीष थापा ६ सय ८९ मत, वडा नम्बर ९ मा नेपाली काँग्रेसका कृष्णबहादुर केसी ६ सय ६५ र वडा नम्बर १० मा नेकपा–माओवादी केन्द्र)का विरेन्द्र कुमार बुढा मगर ७ सय ७४ मतले विजयी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *