बडिगाड–५ को निर्वाचन : कांग्रेसले पत्याएन, जनताले पत्याए


आदर्श अनलाइन, बागलुङ

बागलुङको बडिगाड गाउँपालिका–५ मा नेपाली काँग्रेसले टिकट नदिएपछि विष्णु प्रसाद आचार्य एमाले प्रवेश गरेर वडा अध्यक्षमा निर्वाचन हुनुभएको छ ।

नेपाली काँग्रेसबाट निर्वाचन जित्ने संकल्पसाथ निर्वाचनमा होमिन लागनुभएका आचार्यलाई कांग्रेसले पत्याउन भने सकेन । तर एमाले प्रवेश गरेर टिकट पाएका आचार्यलाई जनताले भने पत्याएका छन् ।
आचार्यले आफ्ना प्रतिद्धन्दी नेपाली काँग्रेसका रमेश बहादुर घिमिरेलाई २ सय १४ मतले पछाडी पार्दै निर्वाचित हुनुभएको छ । सोही वडाको अन्य सम्पूर्ण वडा सदस्यहरुमा भने नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

निर्वाचित वडाध्यक्ष आचार्य स्थानीय तह निर्वाचन २०७९ को मनोनयन दर्ताको क्रममा नेपाली काँग्रेसले टिकट नदिएपछि नेकपा एमाले प्रवेश गरेर टिकट पाएका थिए । आचार्य त्यसक्षेत्रका अब्बल नेता मानिन्छन् । नेकपा एमाले प्रवेशले काँग्रेसमा ठुलो धक्का लाग्ने धेरैको विश्लेषण थियो । उहाँले नेपाली काँग्रेसको विरासत नै ढलाईदिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *