बागलुङ नगरपालिकामा पदभार ग्रहण


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र नगर उप प्रमुख राजु खड्काले एक कार्यक्रमका बिच आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।

बैशाख ३० गते भएको स्थानीय निर्वाचन बाट सर्वाधिक मत ल्याएर निर्वाचित भएका नगर प्रमुख श्रेष्ठले बागलुङ नगरपालिकामा पुगेर शुक्रबार बिहान नगर प्रमुखको कार्यकक्षमा पुगेर नगर प्रमुखको जिम्मेवारी समाल्नुभएको छ ।

यस्तै बागलुङ नगरपालिकाको नगर उपप्रमुख पदमा निर्वाचित हुनुभएको राजु खड्काले पनि आफ्नो कार्यकक्षमा पुगेर नगर उपप्रमुखको जिम्मेवारी समाल्नुभएको छ ।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम सापकोटाले नवनिर्वाचित नगर प्रमुख श्रेष्ठ र नगर उपप्रमुख खड्कालाई नगरपालिकाको तर्फबाट स्वागत गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *