बिदाई हुँदै पौडेलले भन्नुभयो : चुनौतीका बीच महत्वपूर्ण काम भयो, आउने जनप्रतिनिधिलाई शुभकामना


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाका निर्वतमान नगरप्रमुख जनकराज पौडेलले आज पत्रकार सम्मेलन गर्दै नगरवासीलाई धन्यवाद दिनुभएको छ ।

पत्रकार सम्मेलनमा एक प्रेस विज्ञप्ती प्रस्तुत गर्दै निर्वतमान नगरप्रमुख पौडेलले जनताको ठूलो अपेक्षा, सिमित स्रोत र साधनका बीच धेरै कामहरु गरेको बताउनुभयो ।

उहाँले यही ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत सम्पूर्ण निर्वाचित सदस्यहरुलाई बधाई दिनुभएको छ ।

पौडेलले २०७४ सालको स्थानीय तहको निर्वाचनमा बागलुङ नगरवासीहरुले सुम्पनु भएको जिम्मेवारीलाई इमान, निष्ठाका साथ निश्पक्ष ढङ्गले कार्यसम्पन्न गर्न सहयोग गर्नुहुँने नगरउपप्रमुख, जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई धन्यवाद दिनुभएको छ । आफ्नो कार्यकालमा बागलुङ नगरपालिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्वपूर्ण पहिचान स्थापित गर्दै प्रमुख पर्यटकीय गन्तव्य बनाउने, बलेवा विमानस्थल, बागलुङ बसपार्क, गण्डकी स्वर्णिम भुला लगायतका ठूला पूर्वाधार निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

उहाँले बागलुङ नगर अस्पताल, विश्व बैंकको सहयोगमा शहरी शासकिय सुधार परियोजना, मालिका बन्यजन्तु पार्क, बाङ्गेचौर रङ्गशाला, बागलुङ बजारको ढल निकास, बृद्धाश्रम लगायतका कामहरु निर्माणधीन रहेकाले आगमी जनप्रतिनिधिले यसलाई पुरा गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पत्रकारको प्रश्नमा आफूले घोषणापत्रमा जारी गरेका छिटफुट बाहेकका सबै योजना पुरा गरेको बताउदै जग्गा अभावमा सिटिहल निर्माण गर्न नसकिएको बताउनुभयो ।

उहाँले समग्रमा आफ्नो कार्यकाल सफल भएको बताउदै सम्मुनत बागलुङ नगर बनाउन आगमी जनप्रतिनिधिलाई सकरात्मक ढंगले सहयोग र खबरदारी गर्ने बताउनुभयो । उहाँले स्थानीयतहको निर्वाचनमा पुन उम्मेदवारी दिएको र अपेक्षाकृत सफलता प्राप्त गर्न नसक्नुमा पाँचदलीय गठबन्धनको घेराबन्दी, निर्वाचन परिचालन तयारी नपुग्नु, उम्मेदवार छनौटमा भएको कमजोरी, नगरपालिकाको राम्रा कामको अपनत्व नहुँनु, भ्रामक प्रचार हुनु लगायतका गतिविधि जिम्मेवार रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *