अन्ततः समाजवादी पार्टी सरकारबाट बाहिरिने

आदर्श अनलाइन, काठमाण्डौं

समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ ।

आज दिउसो बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ। यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिनुभएको थियो । साथै स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो ।

संविधान संशोधनको सहमति सहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।

सोमबारको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संशोधनको ठाडो प्रस्ताव राख्नुभएको थियो ।तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ठाडै अस्वीकार गरिदिनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *