काँग्रेस बागलुङले दियो विजयी उम्मेदवारलाई बधाई मतदातालाई धन्यबाद

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेस बागलुङ नगर कार्यसमितिले गत स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको छ भने सहभागी सवै मतदातालाई धन्यबाद दिएको छ ।

नगर सभापति उमाकान्त शर्मा बाबुले एक विज्ञप्ती जारी गर्दै निर्वाचनमा उत्साजनक सहभागिता भै आफ्नो मताधिकार प्रयोग गरी काँग्रेसको नेतृत्वमा रहेको गठबन्धनका दलका उम्मेदवारलाई निर्वाचित गराउने सवै मतदातालाई धन्यबाद दिएका छन । बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का लगायत वडा अध्यक्ष र सदस्यका उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर विजयी बनाउनुभएकोमा हार्दिक धन्यबाद एवं अभार व्यक्त गर्दछौं विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘बागलुङ नगरपालिकामा पहिलो पटक नेपाली काँग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ । यो अवसरलाई स्वर्णीम बनाउन आगामी दिनमा समेत सल्लाह सुझाव साथका लागि नेपाली काँग्रेस नगरसमितिले आग्रह गरेको छ विज्ञप्तीमा भनिएको छ । हाम्रो नेतृत्वमा संयुक्त गठबन्धन नगर निर्वाचन परिचालन समिति रही सौहार्दपुर्ण ढंगले सक्रिय सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध राजनितिक दलका मित्रहरु प्रति हार्दिक आभार प्रकट गर्दछु ।’

विज्ञप्ती मार्फत प्रतिस्पर्धामा रहने सवै राजनितिक दलहरु सँग समेत समुन्नत बागलुङ नगर निर्माण अभियानमा नेपाली काँग्रेसले सिर्जनात्मक हातेमालो गर्दे प्रतिवद्धता व्यक्त गरेको छ । काँग्रेसले निर्वाचनको क्रममा विजयी हासिल गर्न नसकेका मित्रहरुलाई थप क्रियाशिल भई उज्वल राजनितिक यात्रामा मार्गन निर्माण गर्न अनुरोध गरेको छ ।

काँग्रेसले निर्वाचनको क्रममा खटिने कर्मचारी, निर्वाचन अधिकृत, सुरक्षाकर्मी, पत्रकार विभिन्न निकायका पर्यवेक्षक लगायतलाई धन्यबाद ज्ञापन समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *