पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि रोक्न माग गर्दै प्रधानमन्त्रीको कार्यालयलाई उपभोक्ता मञ्च बागलुङको ज्ञापन पत्र

रोहन जि.सी, बागलुङ
राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि रोक गर्न माग गर्दै प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाएकोे छ । मञ्चंका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र सदस्य जयलाल सापकोटाको टोलीले बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र हस्तान्तरण गरेको हो ।

मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठद्धारा हस्ताक्षेरित विज्ञप्तीमा नेपाल आयल निगमले ग्यास तथा इन्धनमा हालै गरेको भारी मृल्य वृद्धिमा तत्काल खारेज गरी पहिलेकै मुख्य कायम गर्न माग गरिएको छ ।

आम उपभोक्ताको ढाड सेक्ने गरी गरिएको मुल्य वृद्धिले जनताको हकहित र नियम विपरित भएको भन्दै ज्ञापन पत्रमा नेपालको संविधान २०७२ ले उपभोक्ताको मौलिक हकको व्यवस्था गरेकोले संविधानको पालना गरी सो बमोजिम मुल्य वृद्धि फिर्ता लिन आग्रह गरिएको छ ।

आम जनतालाई बिहान बेलुकी हातमुख जोर्न समस्या पर्ने स्थिति लाई मध्यनजर गरी मृल्य वृद्धि रोक्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बुझाएको ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेस पौडेलले ज्ञापन पत्र सक्दनो छिटो प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिवद्धता जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *