युवा संघ वाइसिएल एकताले बागलुङमा पूर्णता पायो

आदर्श अनलाइन,बागलुङ

नेपाल कम्युनिष्ट पार्टी सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति बागलुङले पूर्णता पाएको छ ।

राष्ट्रिय युवा संघले बागलुङ जिल्ला कमिटीमा साविकका दुई युवा संगठन युवा संघ र योगं कम्युनिष्ट लिग वाइसिएलबाट ५०/५० प्रतिशत प्रतिनिधित्व हुने गरि एकिकरण टुंग्याएको छ । यसबारेमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । सघंको जिल्ला संयोजकमा रेशम घर्ती र सहसंयोजकमा रमेश घर्ती यसअघि नै केन्द्रीय स्तरबाट जिम्मेवारी दिइएको थियो ।

साविकका दुई युवा समितिबाट ३४/३४ जना प्रतिनिधित्व हुने गरि ७१ सदस्यीय जिल्ला समिति गठन गरिएको जिल्ला संयोजक रेशम घर्तीले बताउनुभयो । बाँकी ३ सदस्य पछि थप गरिने उहाँको भनाई थियो । जिल्ला समितिका साथै जिल्लाका १० वटै स्थानीय तहमा संयोजक र सह–संयोजक समेत टुङ्गाएको संयोजक घर्तीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरेश केसी र नेकपा जिल्ला संगठन बिभाग प्रमुख लालबहादुर थापाले बैचारिक, राजनीतिक चेत सहितको युवा तयार गर्ने गरि अब संगठनलाई गतिशिल बनाउने बताउनुभयो ।

दश स्थानीय तहमा क-कसले पाए जिम्मेवारी हेर्नुहोस्

संघको साविक वाइसिएल नेपालबाट तमानखोला गाउँपालिकामा छबि श्रीपाली, निसीखोला गाउँपालिकामा कमल थापा, ताराखोला गाउँपालिकामा जीवन बस्ने, बरेङ गाउँपालिकामा टेकबहादुर पुन र गलकोट नगरपालिकामा मनोजकुमार थापालाई इन्चार्ज बनाइएको छ भने युवा संघबाट सह–संयोजक बनाएको छ ।

त्यस्तै साविक युवा संघबाट ढोरपाटन नगरपालिकामा उमेश श्रीपाली, बडिगाड गाउँपालिकामा हितमान शेरचन, जैमिनी नगरपालिकामा राम पौड्याल, बागलुङ नगरपालिकामा दिपेन्द्र रेग्मी र काठेखाला गाउँपालिकामा खडकबहादुर विकलाई इन्चार्ज बनाइउको छ भने साविक वाइसिएल नेपालबाट सह–संयोजक बनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *