पाँच वर्षमा मेरो प्रतिबद्धता पूरा गर्छु : नगरप्रमुख श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्रेष्ठले आफूले प्रतिबद्धता गरेका सबै कुरा पाँच वर्षमा पुरा गर्ने बताउनुभएको छ ।

बागलुङ नगरपालिकाका नगरप्रमुख र नगरउपप्रमुखद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा श्रेष्ठले आफ्ना घोषणपत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरु पाँच वर्षमा पुरा गर्ने बताउनुभएको हो । उहाँले निर्वाचनमा आफूलाई मतदान गर्ने र निर्वाचनलाई सफल बनाउने सबैलाई धन्वयाद व्यक्त गर्नूभयो ।

उहाँले पत्रकारहरुको जवाफमा पूर्व नगरप्रमुखहरुले ल्याएका योजनाहरुलाई आफूले साकार पार्दै नयाँ योजना कार्यान्वयनमा ल्याउने बताउनुभयो । उहाँले शुन्दर बागलुङ नगर बनाउन सम्पूर्ण इट्टाका घरहरुलाई प्लाष्टर र रंङ्गरोगन गर्न लगाउने, नयाँ सडक खोल्न बन्द गर्ने, खानेपानीको उचित व्यवस्थापन गर्ने, फोहोरलाई मोहोरमा बदल्ने लगायतका प्रतिबद्धताहरु पत्रकार सम्मेलनमा राख्नुभएको छ ।

उहाँले नगरपालिकाले ल्याएको ठूला योजनालाई आफूले प्राथमिकताका साथ अगाडी बढाउने बताउनुभयो । पत्रकार सम्मेलन पत्रकार मुकेशचन्द्र राजभण्डारीको सन्चालन तथा नगरउपप्रमुख राजु खड्काको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *