सम्पादकीय
सबै नेपालीको एउटा सानो घर होस् । गरी खान पुग्ने खेतबारी होस् । एउटा दुहुने गाई होस् । छोराछोरी स्कुल पढ्न पाऊन् । स्वास्थ्य उपचार गर्न पाउन् । यही हो नेपालको सन्दर्भमा समाजवाद । महामानवको उपमा पाएका पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले प्रतिवादन गरेको सिद्धान्त हो प्रजातान्त्रिक समाजवाद । यद्यपी, बिपीले आँफुलाई कुनै वादको जन्मदाता मान्नुभएन । तर देश र जनताले प्रजातन्त्रको पर्याय मानिरहे । बिपीले समाजमा समाजवादको विचार मात्र दिएनन्, विचारलाई सुविचारित तरिकाले समाजमा, प्रशासनमा, अर्थतन्त्रमा र बिदेश नीतिमा कसरी प्रयोग गरेर जाने भन्नेमा पनि मार्गचित्र तयार गरेर जिवन्त पार्टी संगठन बनाए । जसले एसियामै प्रजातान्त्रिक समाजवादको शंखघोष गर्न त सक्यो तर प्रजातन्त्रका बिरुद्धमा कतै कोहीसँग सम्झौता नगर्ने अडान लिएका कारण विपीले नेपाल छोडेर निर्वासित जीवन समेत बिताउनुप¥यो । दुर्भाग्यवस, अहिले पार्टी छ तर विपीको ‘समाजवाद’ को सपना कहाँनेर छ ? पार्टीनै द्विविधाग्रस्त अवस्थामा देखिएको छ ।
एउटा अत्यास लाग्दो समयमा बिपीले नेपाली समाजलाई कस्तो बनाउने ? जे सपना देखे र जस्तो समाजवादको कल्पना गरे । त्यो कसै न कसैले देख्नुपथ्र्यो, सोच्नुपथ्र्यो । अपरिहार्य थियो र छ । तर समाजवादको नारा कांगे्रसले सत्तामा रहँदा सम्म बिर्सिन्छ, सत्ता बाहिर हुँदा चाँही अलाप्छ । समाजवादका बारेमा कांग्रेस पार्टी, यिनका नेता, कार्यकर्ताले घण्टौ वकालत गर्छन् । नेताहरु उत्तिकै चर्को स्वरमा मञ्चमा भाषण गर्छन् । कार्यकर्ताहरुलाई प्रशिक्षित गर्छन् तर, पार्टीनै अहिले कुन बाटो र अवस्थामा छ ? के अहिले बसिरहेको स्थान, हिडिरहेको बाटोबाटै समाजवादको गन्तव्यमा पुग्न सम्भव छ ? यो सोचनिय बिषय छ । नेता, कार्यकर्ताहरुले कसरी त्यो आधार तयार गर्ने ? त्यसका लागि नेताहरुको एकता, आदर्श, रणनीति र भिजन कस्तो छ ? कार्यकर्ताहरु समेतको जीवन, व्यवहार समाजवादमा रुपान्तारित गर्न कस्तो हुन जरुर छ ? यस्ता जरुर सवालमा आजकाल समिक्षा, छलफल र बहस निकै कम भएको देखिन्छ । आज पनि शासक र आँफ्नै शिर्ष नेताहरुका विरुद्ध गलत प्रवृत्तिबारे बोल्न पनि हिच्किचाउने प्रवृत्ति छ । सत्ता र शक्तिको उन्मादका लागि पार्टी, गन्तव्य, समाजवाद भन्दा कुनै नेता, स्वार्थ र निश्चित समूह प्रियकर लाग्छ । समाजवादको दिशा हेरेर संसद र शिखर तिर पुगेकाहरु अवसर पाए पछि आँफ्नै परिवार, आफन्त, गुट बाहेक अरु नदेख्ने नसुन्ने अवस्थामा पुग्छन् । यो नै बिपीका अनुयायीहरुको बिडम्बना हो ।
बिपी वैचारिक गतिशिलता भएका आदर्श नेता अब दुर्लभ कल्पना जस्तो हुन थालेको छ । तर, बिपी जन्मजयन्तीसँगै नेपाली कांग्रेसले देशव्यापी जागरण अभियान शुरु गरेको छ । उनको यदी सच्चा अनुयायी बनेर असली रुपमा श्रद्धा, सम्मान गर्न चाहेको हो भने कांग्रेसले बिपीको बाटो र गन्तव्य बिर्सिनु हँुदैन । मुलुकमा जे जस्ता व्यथिति छन् । त्यो पहिले पनि थियो, अहिले पनि चलिहाल्छ भन्ने सोचबाट मुक्त हुनु र बनाउनु आवश्यक छ । बिपीले राजनीतिक व्यवस्थामा मात्र होइन, सर्वसाधारणको दैनिक व्यवहार बदल्नेमा समेत प्रजातान्त्रिक सोच भित्राउने सपना देखेका थिए । बिपीको सैद्धान्तिक मार्ग र विचारप्रति मुख्यतः कांग्रेसकै नेता, कार्यकर्तालाई झक्झाउनु बिपी जन्मजयन्ती मनाउनुको मुख्य जोड, सन्देश र जागरण त्यही केन्द्रित गर्न जरुरी छ ।