आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको निधन प्रति दुःख व्यक्त गर्दै मंगलवार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । संस्थाका शेयर सदस्य युक्तजंग राजभण्डारीका पिता तथा शेयर सदस्य साधना श्रेष्ठ राजभण्डारीका ससुरा बागलुङ नगरपालिका वडा नम्बर ३ बुद्धचोक निवासी प्रेमजंग राजभण्डारीको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । राजभण्डारीको निधन भएको १० औं दिनको पुण्यतिथी पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई मृत्यु राहत रकम प्रदान गरिएको हो ।

आदर्श सञ्चार सहकारी संस्थाका सञ्चालकहरु शान्ति श्रेष्ठ, गिता खड्का, र राधिका के.सी, सम्पादक रामबहादुर जि.सी, प्रबन्धक दिपकराज सापकोटा, कर्जा विभाग प्रमुख रुपादेवी ढकाल, शेयर सदस्य कपुरजंग राजभण्डारी लगायतले घरमै पुगेर शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद १० हजार रुपैयाँ स्वर्गीय राजभण्डारीको बहिनी पार्वती श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया राहत स्वरुप प्रदान गर्दै आएको छ ।

धौलागिरी अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापना भएको आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्श सञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *