काठेखोला गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले गरे पदभार ग्रहण

रोहन जि.सी, बागलुङ
काठेखोला गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष राजु थापा र उपाध्यक्ष तेज बहादुर थापा (तिलक)ले मंगलबार पदभार ग्रहण गर्नुभएको छ ।

काठेखोला गाँउपालिकाद्वारा आयोजित निवर्तमान जनप्रतिनिधिहरुको विदाई एंवम् नवनिर्वाचित जनप्रतिनिधिहरुको पदभार ग्रहण तथा स्वागत कार्यक्रमसंगै अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्नु भएको हो ।

No description available.

कार्यक्रममा काठेखोला गाँउपालिकाका निर्वतमान अध्यक्ष अमर बहादुर थापा, उपाध्यक्ष अर्जुन खत्री, गाँउ कार्यपालिकाका सदस्यहरु, गाँउ सभाका सदस्यहरुलाई फुलमाला, कदर पत्र, दोसल्ला प्रदान गरी सम्मान गर्नुका साथै धन्यवाद सहित विदाई गरिएको थियो । नवनिर्वाचित वडा अध्यक्षहरुलाई दोसल्ला तथा अविर लगाई स्वागत गरिएको थियो ।

कार्यक्रममा काठेखोला गाँउपालिकाका निर्वतमान अध्यक्ष अमर बहादुर थापा, काठेखोला गाँउपालिकाका उपाध्यक्ष तेज बहादुर थापा (तिलक), नेकपा एमाले काठेखोला गाँउपालिकाका अध्यक्ष डिल बहादुर कार्की, नेपाली कांग्रेस काठेखोला गाँउपालिकाका अध्यक्ष यामदत्त कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No description available.

कार्यक्रम काठेखोला गाँउपालिकाका अध्यक्ष राजु थापाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीको सञ्चालन र प्रशासन शाखाका प्रमुख तथा सूचना अधिकारी मनोज कार्कीको स्वागतमा सम्पन्न भएको थियो ।

यसैबीच काठेखोला गाँउपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको प्रथम बैठक मंगलवार नै सम्पन्न भएको छ । बैठकको अध्यक्षता गर्दै काठेखोला गाँउपालिकाका अध्यक्ष राजु थापाले पहिलो बैठकमा ६ वटा प्रस्ताव प्रस्तुुत गर्नुभएको थियो ।

No description available.

निवर्तमान जनप्रतिनिधिहरुले सञ्चालन गरेका कार्ययोजनाहरुलाई निरन्तरता दिदै पुरा गर्ने, प्रशासनिक भवन निर्माण गर्ने तथा विपन्न परिवारलाई नि.शुल्क स्वास्थ्य बीमा लगायतका निर्णय गरिएको उपाध्यक्ष तेज बहादुर थापा (तिलक) ले जानकारी दिनुभयो ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *