बागलुङका विद्यार्थीले समयमै पाउन सकेनन् पाठ्यपुस्तक

डम्मर बुढा मगर, बागलुङ
नयाँ शैक्षिक सत्रका लागि बागलुङमा भर्ना अभियान सकि बैशाख २५ देखि पठनपाठन सुरु भएको छ । दुइ हप्तादेखि पठनपाठन सुरु भए पनि अहलेसम्म जिल्लाभरका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्त नपाउँदा पठनपाठनमा समस्यामा परेका छन् । विद्यालय नियमित संचालन हुने तर विद्यार्थीका हातमा पाठ्यपुस्तक नहुँदा पढाइनै प्रभावित बनेको विद्यार्थीको गुनासो छ ।

रुद्रेपिपल माध्यमिक विद्यालय बागलुङमा कक्षा १० मा अध्ययनरत छात्रा योजना थापा मगरले पढाई एक हप्तादेखि निरन्तर सुरु भए पनि किताबहरु नपाउँदा आफूहरुलाई समस्या भएको बताउनुभयो । थापाले समयमा किताब नपाउँदा परीक्षामा समेत समस्या हुने गरेको बताउनुहुन्छ ।

‘पढाई सुरु भएको एक हप्ता भयो अहिलेसम्म किताब पाएका छैनौँ, पढाइ भने निरन्तर हुने गरेको छ, किताब नहुँदा घरमा पढ्ने अवस्था भएन,’ थापाले भन्नुभयो ‘कक्षामा पनि पुराना किताबहरु साथीहरुसँग मिलेर पढ्नु पर्ने अवस्था छ, समयमै किताब आएको भए हामीलाई यस्तो समस्या हुने थिएन, अब कहिले हामीले किताब पाउँछौँ, थाहै छैन ।

विद्यामन्दिर माविमा पढ्ने संस्कार गौतमले सरकारले बालबालिकाको शिक्षा प्रति चासो नदिँदा अहिलेसम्म विद्यार्थीहरुले पुस्तक पाउनबाट वञ्चित भएको बताउनुभयो । उहाँले करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठनमा समस्या भएको भन्दै अहिले सरकारले पाठ्यपुस्त समयमै व्यवस्थापन गर्न नसक्दा बालबालिकाहरु ठूलो समस्यामा परेको बताउनुभयो ।

‘कोरोनाको कारण झण्डै दुई वर्ष पढाई राम्रोसँग भएन, अहिले कोरोना हराएको छ तर, सरकारले सही समयमा पाठ्यपुस्तक वितरण गर्न सकेन,’ गौतमले भन्नुभयो ‘सरकारले चुनाव आयो भने चुनावी प्रचारका सामग्रीहरु धेरै छिटो सम्बन्धित ठाउँमा पु¥याउँछ तर विद्यार्थीले पढ्ने किताब भने पढाई सुरु भइसक्दा पनि वितरण हुन सक्दैन ।

जिल्ला सदरमुकामै पढ्ने विद्यार्थीहरुले त पाठ्यपुस्त अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउन सक्ने अवस्थै छैन । राज्यको लापरवाहीका कारण शैक्षिक सत्र सुरु भएको यतिका समयसम्म पनि विद्यार्थीले पाठ्यपुस्त पाउन नसक्दु दुखद भएको रुद्रेपिपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठले बताउनुभयो । उहाँले जिल्ला सदरमुकामकै विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तहरु आइन नसकेको भन्दै दुर्गमका गाउँहरुमा झनै पुग्न नसक्ने बताउनुहुन्छ ।

‘सदरमुकामकै विद्यालयहरुमा अहिलेसम्म पाठ्यपुस्तकहरु आएका छैनन्, दुर्गम गाउँका विद्यालयहरुमा त झन् कसरी पुगे होलान् र ?,’ श्रेष्ठले भन्नुभयो ‘सरकारको लापरवाहीकै कारण हो, यति बेलासम्म पनि विद्यार्थीका हातहातमा पुस्त पुग्न नसक्नु ।’

जिल्लामा पाठ्यपुस्त ल्याउनका लागि पुस्तक व्यवसायीहरुलाई ल्याउन लगाइ रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । जिल्लामा आधा विद्यार्थीले मात्रै अहिलेसम्म पाठ्यपुस्त पाएको समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्यायले दाबी गर्नुभयो । उहाँले समयमै पाठ्यपुस्तकहरु विद्यालयहरुमा पु¥याउनका लागि पुस्तक व्यवसायीहरुसँग अनुरोध गरेको र उनीहरु ल्याउने क्रममा रहेको बताउनुहुन्छ ।

‘अहिलेसम्म जिल्लामा आंशिक्षक रुपमा विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छन्, हामीले पुस्तक व्यवसायीहरुलाई समयमै पाठ्यपुस्तकहरु ल्याउनका लागि अनुरोध गरेका थियौँ,’ प्रमुख उपाध्यायले भन्नुभयो ‘अब केही समयमै सबै विद्यालयमा पाठ्यपुस्तकहरु पुग्ने छन् ।’

बागलुङमा सामुदायिक ५१४ र संस्थाकगत ५९ गरि ५७३ विद्यालयहरु छन् । संस्थागत विद्यालयहरुले पाठ्यपुस्त पाए पनि सामुदायिक विद्यार्थीहरुले भने पाउन सकेका छैनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *