२ जनाको शव फेला

सुन्दरकुमार थकाली, जोमसोम
मुस्ताङमा बुधबार २ जना व्यक्तिको बेवारिसे शव फेला परेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित कालिगण्की नदी दोभान र लोघेकर दामोदरकुण्ड जाने बाटोमा अलग्अलग व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

घरपझोङ –२ को मार्फा खोला र कालिगण्डकी नदी दोभानमा अन्दाजी ३७र३८ वर्षीय पुरुष व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए । पैदलयात्रा गर्दै गरेका एक विदेशी पर्यटकले कालिगण्डकी नदीको छेउमा बेवारिसे शव अवस्थामा देखेपछि ति पर्यटकले स्थानीयले जानकारी गराएका थिए ।

कालिगण्डकी नदीमा मृत शव फेला परेको जानकारी पाएपछि स्थानीयले बिहान करिव १० बजे प्रहरीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय जोमसोमबाट प्रहरी टोली घटना स्थलमा पुगेर शवको मुचुल्का र अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक तामाङले उल्लेख गरे ।

प्रहरीले कालिगण्डकी नदीबाट शव निकालेर पोष्टमार्टमका लागि मुस्ताङ जिल्ला अस्पतालको शवगृहमा राखेको जनाएको छ । छोटो दारी जुंगा पालेको, गोरो अनुहार भएको र मंगोलियन हुलिया भएको उक्त वेवारिसे शवको पहिचान हुन सकेको छैन। प्रहरीले बेवारिसे शव फेला परेका व्यक्तिको आफन्तको खोजीकार्य अघि बढाएको छ ।

यस्तै समुन्द्री सतहदेखि अग्लो उचाईमा अवस्थित प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्डतर्फ जाँदै गरेका अन्दाजी ५५र६० वर्षीय एक भारतीय पुरुषको शव पनि बुधबार नै फेला परेको प्रहरीको भनाई छ । ति पुरुषको शव दामोदरकुण्ड पदमार्गको ढुङ्गेठाटी नजिक बिहान ७ बजे फेला परेको प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए ।

उनका अनुसार उक्त मृत फेला परेका नागरिक मुक्तिनाथ मन्दिरमा बस्ने जोगी भएको बताइएको छ । दोमोदरकुण्ड जाने बाटोमा शव फेला परेपछि नजिकैको प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको उनले बताए । शव भेटिएको स्थानमा पुग्न प्रहरीलाई करिव ७–८ घण्टा लाग्नसक्ने प्रहरी निरीक्षक तामाङले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *