वैदेशिक रोजगार ठगी कसुरमा अमलाचौरका प्रकाश शर्मा पक्राउ


आदर्श अनलाइन, बागलुङ

वैदेशिक रोजगारी ठगी कसुरमा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारी ठगि कसुरमा वैदेशिक रोजगार न्यायाधिकरण इजलाश काठमाण्डौबाट २०७७ चैत १७ गते बागलुङ १२ अमलाचौरका वर्ष ४२ का प्रकाश शर्मालाई एक वर्ष ५ महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो ।

फैसला सुनाइएका फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले आज घरबाटै शर्मालाई पक्राउ गरी जिल्ला अदालत बागलुङमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *