मूल्य वृद्धिको विरोधमा एमालेका जनसंगठनहरु चरणवद्ध आन्दोलनमा

आदर्श अनलाइन, बागलुङ
सरकारले गरेको मूल्य वृद्धिको विरोधमा बागलुङमा एमालेका जनसंगठनहरु निरन्तर आन्दोलनमा छन् । एमालेका जनसंगठनहरु अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ लगायतले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

मूल्यवृद्धिको विरोधमा आफ्नै सरकार हुदा समेत अनेरास्ववियु बागलुङले विगतमा सडकमा प्रदर्शन गरेको थियो । अहिले सत्ता गठबन्धनका युवा तथा विद्यार्थी संगठनहरु मूल्यवृद्धिको विरोधमा चुसम्म बोल्न सकिरहेका छैनन ।

एमालेका जनसंगठनहरुले पहिलो दिन जेठ ९ गते जीपपार्क चोकमा सडकमा चुलो बाल्नुका साथै खाली सिलिण्डर र सवारी साधन प्रदर्शन गरेर सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका थिए ।

No description available.

मूल्यवृद्धिका विरुद्धमा अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले जेठ १० गते आव्हान गरेको देशव्यापी आन्दोलनका क्रममा बागलुङको लोकतान्त्रिकचोकमा विरोध प्रर्दशन गरे । विरोध प्रर्दशनका क्रममा जेठ ११ गते धौलागिरी बहुमुखी क्याम्पसको गेटबाट मशाल जुलुश प्रदर्शन गरेका थिए ।

मुल्यवृद्धि फिर्ता गर लगायतका नारा लगाउदै युवा, विद्यार्थी र महिलाहरुको जुलुशले बजार परिक्रमा गरेको थियो । विरोध जुलुशमा नेकपा एमालेका विभिन्न जनसंगठनमा आवद्ध महिला, युवा तथा विद्यार्थी नेता कार्यकर्ताको सहभागिता रहेको थियो । धौलागिरी बहुमुखी क्याम्पस गेटबाट शुरु भएको मशाल जुलुश जिल्ला प्रशासन कार्यालय हुदै बजार परिक्रमा पछि लोकतान्त्रिकचोकमा पुगेर सम्पन्न भएको थियो ।

No description available.

अनेरास्ववियु केन्द्रीय कमिटिले जेठ १२ गते बिहीवार देशव्यापी रुपमा सरकारी सवारी साधनलाई रोक लगाई मूल्यवृद्धिका विरुद्ध प्रदर्शन गर्न निर्देशन गरेको र बागलुङमा पनि प्रदर्शन गरिने अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज शेखर खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *