विद्यार्थीका लागि ध्यान तथा ज्ञान शिविर


रोशन जि.सी. , बागलुङ

ज्ञानोदय बुद्ध बिहार तथा महिला बौद्ध संघ बागलुङले ५ दिने अन्तर विद्यालय ध्यान तथा ज्ञान शिविर सञ्चालन गरेको छ ।

ज्ञानका कारण ज्ञान आर्जनमा सकरात्कम भूमिका खेल्नका लागि शिविरको आयोजना गरिएको हो ।
शिविरको चौथो दिन बिहीवार चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई ध्यान र ज्ञान शिविरका बारेमा जानकारी गराइएको छ ।


जेठ ९ गतेदेखि सञ्चालन भएको ध्यान तथा ज्ञान शिविरमा पहिलो दिन कालीगण्डकी मावि, दोस्रो दिन सिद्धार्थ शिक्षा सदन, तेस्रो दिन अमृत आदर्श माविका विद्यार्थीहरुलाई ध्यान र ज्ञानका बारेमा सहजीकरण गरिएको महिला बौद्ध संघ बागलुङका अध्यक्ष रम्बादेवी शाक्यले जानकारी दिनुभयो ।

हरेक दिन बिहान ७ बजेदेखि सांझ ७ बजेसम्म सञ्चालन हुने शिविरमा दिवा समयमा ध्यान गरी लगत्तै ध्यान सकिय पछि चक्रमण ध्यान (हिडेर ध्यान) हुने गरेको छ ।

शिविरमा विश्व शान्ति बिहार नयाँ बानेश्वरका प्रमुख भिक्षु बोधीमान महास्थाविरले ध्यान तथा निर्देशन प्रशिक्षण दिनु भएको थियो । त्यस्तै शिविर अन्तरगत धर्मस्थली अन्तराष्ट्रिय ध्यान केन्द्रमा प्रत्येक दिन बिहान जुम मार्फत ध्यान तथा ज्ञान सम्बन्धी तालिम दिदै आएको ज्ञानोदय बुद्ध बिहार बागलुङका सचिव दिवाकर शाक्यले जानकारी दिनुभाये ।

शिविरको अन्तिम दिन विद्यामन्दिर माविका विद्यार्थीहरुलाइ सहभागी गराइने भएको छ । आगामी दिनमा जिल्लाका सबै विद्यालयका विद्यार्थीका लागि शिविर सञ्चालन गरिने शाक्यले बताउनुभो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *