काठेखोला गाउँपालिका–७ का जनप्रतिनिधिको पदभार, एक–घर एक सहकारी सदस्य अभियान चलाइने

रोहन जि.सी. बागलुङ

स्थानीय तह निर्वाचनमा विजयी काठेखोला गाउँपालिका वडा नं. ७ का जनप्रतिनिधिले बिहीवार पदभार ग्रहण गरेका छन् ।

वडा कार्यालयले आयोजना गरेको निवर्तमान जनप्रतिनिधिको विदाई तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रममा जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका हुन् ।
वडाका जनप्रतिनिधिहरुको पहिलो वैठकले मजदुरहरुको स्वास्थ्य र जीवन बिमा गरिदिने, विद्यार्थीहरुसंग जनप्रतिनिधि कार्यक्रम, एकघर एक बगैचा, घरमा उत्पादित खाना खाउँ ः स्वस्थ बनौ, एक घर एक सहकारी सदस्य अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ ।

स्वस्थ युवा ः सक्षम युवा, दुव्र्यसन विरुद्ध सचेतना अभियान लगायतका कार्यक्रम सञ्चालन गर्ने गरी योजना बनाएका छौ, नवनिर्वाचित वडा अध्यक्ष प्रेम लामिछानेले भन्नुभयो–विकास निर्माण, शिक्षा संगै जनतालाई स्वास्थ्य, सरसफाई लगायत वित्तीय साक्षरताका विषयमा समेत जानकारी हुनु पर्दो रहेछ भन्ने सोचर सचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकतामा राखेका छौ ।

वडा कार्यालयबाट दिने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउने, टोल सुधार समिति गठन गरी मेल मिलापका कार्यक्रम सञ्चालन गर्ने, वडा भित्रका सबै परिवारका कम्तिमा एक जना सदस्यलाई सहकारीमा सहभागी गराएर आयआर्जन र वचत गर्न सिकाउने अभियान वडाले सञ्चालन गर्ने लामिछानेले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि काठेखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष अमर बहादुर थापाले भौतिक विकाससंगै जनताको चेतनास्तर माथि उठाउनका लागि सचेतनामुलक र शिक्षामुलक कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।

विकासका लागि सडक निर्माण भएको छ, सडक निर्माण पछि गाउँमा उत्पादित कुनै पनि वस्तु बजार गएनन, बजारका वस्तु गाउँ ल्याउनका लागि मात्रै सडक बने जस्तो भयो, थापाले भन्नुभयो–अब स्थानीय स्रोतको पहिचान गरी गाउँमा उत्पादित वस्तु बजार पु¥याउने र बजारको पूँजि गाउँ भित्र्याउने अभियान सञ्चालन गर्न आवश्यक छ ।

कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश सदस्यहरु हुमा कुमारी जि.सी. (अञ्जु) र राम बहादुर जिसी, रेश नुन्थला माविका प्रधानाध्यापक ओम बहादुर थापा, शिक्षक हरि बहादुर कुँवर, एमाले रेशका अध्यक्ष भूमिराज शर्मा, नवनिर्वाचित वडा सदस्य चित्रकला थापा (शारदा), निवर्तमान वडा सदस्य कृष्ण बहादुर थापा, रेश साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष याम बहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम वडा अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता, वडा सचिव रिता जिसीको सञ्चालन र पशु प्राविधिक विक्रम उपाध्यायको स्वागतमा सम्पन्न भएको थियो । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा प्रेम बहादुर जिसी (लामिछाने) तथा सदस्यहरुमा चित्रकुमारी थापा (शारदा), डम्बर बहादुर थापा, प्रेम बहादुर कार्की र हरिकला सुनार निर्वाचित हुनु भएको थियो ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *