लमजुङका आठ पालिका प्रमुखमा पुरुष मात्रै

आदर्श अनलाइन, लमजुङ
लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् । चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख पदमा पुरुष निर्वाचित हुँदा महिला नेतृत्व शून्य भएको हो । वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा एउटा मात्र दूधपोखरी गाउँपालिकामा महिला प्रमुख निर्वाचित भएका थिए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बेँसीशहर नगरपालिकामा मङ्गोल अर्गनाइजेशन नेशनलले प्रमुख पदमा कुलुकुमारी गुरुङलाई उम्मेदवार बनाएको थियो । उनी निर्वाचनमा पराजित भए । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत ठूला दलले प्रमुख पदमा महिला उम्मेदवार नबनाउँदा महिला सहभागिता शून्य हुन पुगेको हो ।

जिल्ला सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिका उपप्रमुखमा एमालेबाट पदमा गुरुङ, सुन्दरबजार नगरपालिका उपप्रमुखमा भवानी केसी, मध्य नेपालमा सीता गुरुङ, क्व्होलासोगर गाउँपालिका उपाध्यक्षमा गमी गुरुङ र मर्स्याङ्दी गाउँपालिका उपाध्यक्षमा जुनामाया थापा निर्वाचित भएका थिए । एमालेले आठवटै पालिकामा उपप्रमुख तथा उपाध्यक्षमा महिला उम्मेदवार बनाएको थियो । पहिलो स्थानीय तह निर्वाचनमा जिल्लामा एक पालिका प्रमुख र चार उपप्रमुखमा महिला निर्वाचित भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *