प्राविधिक अध्ययन बिना सडक निर्माणमा रोक

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाले जथाभावी रुपमा सडक खन्ने नीतिलाई सुधार गर्नका लागि नयाँ कदम चालेको छ । नगरपालिकाको हालै सम्पन्न दोस्रो कार्यपालिका बैठकले प्राविधिक अध्ययन बिना नयाँ सडक खोल्नका लागि रोक लगाएको छ ।

नगर कार्यपालिकाको बैठकले बागलुङ नगरपालिका भित्रका सबै टोल÷गाउँमा सडक पुगिसेको बताउदै आगमी दिनमा सडक खन्नका लागि रोक लगाउने र नगरको ध्यान भइरहेका सडक स्तरोन्नती जाने जनाएको छ ।

बागलुङ नगर कार्यपालिकाले सडक खोल्न बन्द गर्ने तर अत्यावश्यक भएर सडक खोल्नु पर्ने भएमा नगरपालिकाको प्राविधिक टोलीको स्थलगत अध्ययन पछिको प्राविधिक मुल्याङ्कनका आधारमा मात्रै सडक खन्न दिइने निर्णय भएको बागलुङ नगरपालिकाका प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाका अनुसार बागलुङ नगरपालिकाको दोस्रो कार्यपालिका बैठकबाट नयाँ सडक प्राविधिक अध्ययन पश्चात मात्रै खन्न पाइने, बागलुङ प्रवेशद्वारलाई व्यवस्थित बनाइने र जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन पार्कीङ स्थलको व्यवस्थापन गर्र्ने लगायतको निर्णय भएको छ ।

आफू निर्वाचित भएपछि नगरपालिका भित्र पार्कीङको निकै समस्या भएका कारण सरकारी तथा नीजि जग्गामा पार्कीङ स्थल बनाउने, नयाँ सडक खन्न रोक लगाउदै प्राविधिक अध्ययन पछि मात्रै सडक खन्न लगाउने र बागलुङ बजारको प्रवेशद्वारलाई सुन्दर बनाउने निर्णय गरिएको बागलुङ नगरपाकिलाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“नगरपालिकामा जथाभावी भूगोलको अध्ययन बिनै सडक खन्ने प्रचलनले विपद्का घटनामा वृद्धि भएको पाइएको छ, उपभोक्ता समितिले डोजर चालक मिलेर सडक खन्दा पहिरोको जोखिम समेत व्यपाक छ” श्रेष्ठले भन्नुभयो “धेरै स्थानमा सडकको पहुँच पुगेको छ, भएको सडकलाई पाँच वर्षमा स्तरोन्नतीका लागि बजेट विनियोजन गरिनेछ, नयाँ ट्रयाक खोल्नै पर्ने भए प्राविधिकले अध्ययन गरेपछि मात्रै पाइन्छ ।”

यस्तै ट्राफिक व्यवस्थापनका लागि बागलुङ बजार भित्रै सरकारी तथा निजी जग्गा खोज्ने कार्यपालिकाले निर्णय गरेको छ । साँधुरो बागलुङ बजारमा मोटरसाईकल तथा जीपको पार्कीङ गर्ने अत्यन्तै समस्या रहेका कारण भाडा तिरेर सवारी साधन पार्कीङको व्यवस्था मिलाउने बागलुङ नगरपालिकाले जनाएको छ ।

यस्तै अव्यवस्थित रुपमा बागलुङ बजारको मालढुङ्गा प्रवेशद्वारमा रहेका होर्डिङ बोर्डहरुलाई नगरपालिकाले व्यवस्थित गर्ने जनाएको छ । नगरपालिकाले बागलुङ जिल्ला प्रवेशद्वारको रुपमा रहेको मालढुङ्गाको पुलको रङ्गरोगन गर्ने, विद्युतीय बत्ती जडान गर्ने र होर्डिङ बोर्डलाई व्यस्थित गराएर सुन्दर बनाउने भएको छ ।

होर्डिङ बोर्ड व्यवस्थापनका लागि अध्ययन समिति समेत गठन गरिएको छ । नगरपालिकाले पहिलो कार्यपालिका बैठकमा बालमैत्री नगरपालिका घोषणा गर्ने निर्णय गरेको थियो । नगरपालिकामा अहिले जथाभावी सडक खन्दा पहिरो खस्ने, सडकहरु बाहै्रमास चलन नसकने लगायतका समस्या रहेका छन् । नगरपालिकाले नयाँ सडक खोल्नेक ाम भन्दा पुरानै सडकलाई स्तरोन्नतीको कामलाई प्राथमिकता दिने भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *