मतदातालाई धन्यबाद दिन घरदैलोमा निर्वाचित जनप्रतिनिधि

आदर्श अनलाइन, बागलुङ
स्थानिय तहको निर्वाचतमा निर्वाचित जनप्रतिनिधि यतिबेला मतदातालाई धन्यबाद दिन घरदैलोमा पुगेका छन । जसरी निर्वाचन अगाडी भोट माग्न घरदैलोमा पुगको थिए त्यसैगरी धन्यबाद दिनका लागि घरदैलो र टोलटोलमा पुगेका हुन ।

जिल्लाको बागलुङ नगरपालिका नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र उपप्रमुख राजु खड्का सहितको टोली नगर क्षेत्र भित्रका सवै वडामा पुगेर मतदातालाई धन्यबाद दिएका छन । विहिबार जिल्लाको बलेवा क्षेत्रका पैयुँपाटा, अमलाचौर र नारायणस्थानका जनताको घरदैलोमा पुगेर आफुहरुलाई अमुल्य मतदान गर्ने सवै प्रति धन्यबाद व्यक्त गरेका छन । अघिल्लो साता बानपा–५ मालिका बाट सुरु गरिएको धन्यबाद ज्ञापन कार्यक्रम विहिबार अमलाचौरमा पुगेर सम्पन्न भएको छ ।

जनताको घरघरमा पुग्दै गर्दा निर्वाचित नगरप्रमुख र उपप्रमुखलाई आम सर्वसाधारणले यसै गरी सधै जनताको घरमा आएर जनताका गुनासो सुन्ने समस्या बुझन्का लागि आग्रह गरेका थिए ।

मतदातालाई धन्यबाद दिँदै नगरप्रमुख श्रेष्ठले आफुहरु अब जनताको सेवक भएका कारण सधै जनताको घरदैलोमा नै आउने बताए । ‘हामी तपाईहरुको सेवक बनेर सधै घरदैलोमा आउने छौैं, श्रेष्ठले भने,–‘जसरी तपाईहरुले आफ्नो अमुल्य मत दिएर हामीलाई मायाँ गर्नुभयो । यो मायाँलाई सधै आत्मसाथ गर्नेछौं । तपाईका हरेक सुःखदुखमा सँगै रहनेछौं । नगरको विकासका निम्ती अहोरात्र खट्नेछौं ।’

उनले बलेवा क्षेत्र कृषि र पर्यटनको निकै सम्भावना रहेको हुँदा यसको विकासका निम्ती नगरपालिकाले छुट्टै कार्यक्रम तयार पर्ने बताए । श्रेष्ठले यहाँ हरेक नागरिकलाई आत्मनिर्भर बन्नका लागि यहीको श्रोतलाई परिचालन गर्नुपर्ने बताए । त्यसका लागि नगरपालिकाले आवश्यक योजना बनाएर अगाडी बढ्नले बताए ।

श्रेष्ठले बलेवा विमानस्थलमा नियमित उडान संचालनका निम्ती सडक सहजहुनुपर्ने भन्दै यसका निम्ती संघिय र प्रदेश सरकार सँग समन्वय गरेर कालिगण्डकी करिडोरलाई यथाशिघ्र कालेपत्र गर्ने कामका लागि नगरपालिकाले बारम्बार फलोअप गर्ने बताए । श्रेष्ठले बलेवा राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरले जोडिएको क्षेत्र भएका कारण यहाँ भोलीका दिनमा विभिन्न किसिमका उद्योग व्यवसाय संचालन गर्न सम्भव रहेका र त्यसमा सवै क्षेत्रका नागरिकलाई जोड्न सकिने बताए ।

कार्यक्रममा नगरउपप्रमुख राजु खड्काले जनताको आवश्यकताका आधारमा नगरपालिकाले विकासका योजना अगाडी बढाउने बताए । पैयुुँपाटा, अमलचौर र नारायणस्थानको छुट्टाछुट्टै कार्यक्रममा नेपाली काँग्रेस बागलुङ नगरपालिका सभापति उमाकान्त शर्मा बाबु, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं बागलुङ इन्चार्ज बलावती शर्मा बानपा १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, बानपा १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री, बानपा १२ का वडा अध्यक्ष कोपीलामणी शर्म नेपाली काँग्रेसका क्षेत्रीय सचिव गोविन्द बहादुर पौडेल गोपाल लगायतले जनताको सेवामा जनप्रतिनिधि निरन्तर रहनुपर्ने बताएका थिए ।

नगरप्रमुख श्रेष्ठ उपप्रमुख खड्का लगायत निर्वाचित जनप्रतिनिधिलाई पैयुँपाटाको जनमत मावि र नारायणस्थानको जनताधन माविमा पनि बधाई तथा सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *