विद्युत सट भएर आगलागी हुँदा बागलुङमा घर जलेर नष्ट

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्सेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बिहीबार राति ११ बजे विद्युत सट भई आगलागी हुँदा स्थानीय जगन्नाथ गौतमको एक तले कच्ची जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

घर पूर्ण रुपमा जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको रानाको भनाई छ । उहाँले घरमा मान्छे नबस्ने हुँदा मानवीय क्षति भने नभएको बताउनुभयो । आगो प्रहरी र स्थानीयले आधा घण्टा पनि नियन्त्रणमा लिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *