एकै परिवारको दुई दृष्टिविहीनलाई सहयोग

आदर्श अनलाइन, बागलुङ
एकै परिवारका दुई दृष्टिविहीन युवालाई आर्थिक सहयोग गरिएको छ । रोजगारीको लागि आएल्यान्ड गएका बागलुङका व्यक्तिहरुले बागलुङ नगरपालिका वडा नम्बर ६ स्थित लंगाउका दुई युवालाई आर्थिक सहयोग गरेका छन ।

युवा अवस्थामा आखा गुमाएका लंगाउस्थितका ४२ वर्षीय खिमबहादुर थापा र ३४ वर्षीय अम्बरबहादुर थापालाई आएल्यान्डमा रहेका अशोक मगर ‘प्रेम’को पहलमा संकलन भएको ९० हजार ८ सय २१ रुपैया हस्तान्तरण गरिएको छ ।

बागलुङ समाज आल्यान्डमा आवद्ध व्यक्ति र रोजगारीको लागि सोही स्थानमा रहेको बागलुङलेहरुले रकम संकलन भएको थियो । आर्थिक अवस्था कम्जोर रहेका दृष्टिविहिन युवाहरुलाई सानी आमा र बुवाले हेरचाह गर्दे आएका छन । १४ जनाको परिवार रहका उनीहरुलाई रेखदेख गर्न समस्या हुदै आएको छ ।

विहानदेखि बुलेकासम्म उनीहरुलको रेखदेख, स्यारसुसार गर्नमा समय लाग्ने गरेको सानी आमा डिलकुमारी थापाले बताउनुभयो । आर्थिक अवस्था कमजोर छ, थापाले भन्नुभयो, एक जनाको कमाईबाट ठुलो परिवारको पालनपोषण गर्नुपर्ने बाध्यत छ ।

२२ वर्षको उमेरदेखि उनि दुवैले आखाको ज्याति गुमाएका थिए । रकम हस्तान्तरण गर्दै नेत्र ज्योति संघ बागलुङका अध्यक्ष भरत पुरीले युवा अवस्थामा दृष्टिविहीन भए पनि परिवारसगै बिदेशमा रहेका नेपालीहरुको सहयोगबाट जिवन यापनमा सहज भएको बताउनुभयो । उहाले उनीको उपचारमा नेत्र ज्योति सघंले भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका पुर्व नगर उपप्रमुख पद्यनाथ शर्माले सबैको सहयोग र साथबाट उनिहरुको जिवनमा सार्थकता बनाउन सकिने बताउनुभयो । उहाले बिभिन्न स्थानमा रहेका दृष्टिविहीनहरुको उपचारमा सरकारी निकाय र विभिन्न सघंसस्थाहरुले पहल गर्नुपर्ने बताउनुभयो । रकम हस्तान्तरण कार्यक्रम चिया थापाको अध्यक्षा र हेम थापाको स्वागतमा कार्यक्रम भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *