‘सञ्चार माध्ययमको संस्थागत विकासका निम्ति स्थानीय सरकारको निरन्तर साथ’

आदर्श अनलाइन, बागलुङ

संचार माध्ययमको संस्थागत विकासका निम्ति स्थानीय सरकारको निरन्तर साथ र सहयोग हनुपर्ने बागलुङ आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन । नेपाल प्रेस युनियनको ३१ औ स्थापना दिवसको अवसरमा आयोजना गरेको ‘स्थानीय सरकार र पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाशं बत्ताले संचारमाध्यम र यसमा कार्यरत संचारकर्मी र पत्रकारको सवलीकरणका निम्ती स्थानिय सरकारले जोड दिनुपर्ने बताए । कार्यक्रममा सहमागी जिल्लाका विभिन्न स्थानिय तहमा नवनिर्वाचित जनप्रतिनिधिले पत्रकारिता क्षेत्रको विकासमा स्थानिय सरकारले सधै सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं बागलुङ नगरपालिकाका नगरप्रमुख एवं नेपाल बसन्त कुमार श्रेष्ठले स्थानिय तहको दिगो विकास, रोजगारी सृजना, गरिबी निवारण र शैक्षिक सामाजिक रूपान्तरणको लागि संचार माध्यम र पत्रकारको महत्त्वपूर्ण भूमिका हुने भएकोले संचार गृह, पत्रकार र पत्रकारिताको विकासको लागि स्थानीय सरकारले राम्रो सहकार्य गर्नु पर्ने बताए ।

जुन समाजमा संचार माध्यमले सकरात्मक सन्देश दिने गरि क्रियाशिल हुन्छ त्यो समाज उन्नत र सभ्य हुने भएकोले संचार माध्यमको संस्थागत विकासको लागि आफू लाग्ने बताए । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा बागलुङ नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम प्रेस युनियन सधै श्रमजिवी पत्रकारको पक्षमा रहेको बताए । उनले पत्रकारिताको दिगो विकासका निम्ती स्थानिय तहले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सचिव तथा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, नेपाली कागंग्रेस बागलुङका सचिव तथा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, तमानखोला गाउँपालिका अध्यक्ष जोगलाल बुढा, निसिखोला गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्ती, नेपाली काँग्रेस बागलुङका नेता जगदिशचन्द्र उपाध्याय, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नबिन शिशिर विक पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी, प्रेस चौतरी नेपालका कोषाध्यक्ष सुवाश गौतम, प्रेस सेन्टर नेपाल बागलुङ शाखाका सचिव अनिष खाती, प्रगतिशिल पत्रकार संघका सचिव विजय रानाले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम माथि प्रकास तथा स्वागत उपाध्यक्ष संगम घर्ति मगरले गरेका थिए भने सचिव नारायण रिजालले संचालन गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *