सम्पर्कविहीन तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

आदर्श अनलाइन, पोखरा

आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।

स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताउनुभयाे।

‘त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्फ केन्द्रित गराइएको छ, यद्यपि टोली पुगिसकेको छैन ।’ उहाँले भन्नुभयाे । उहाँका अनुसार नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा छ, अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा तीन घन्टाको दूरीमा पर्छ ।

पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०:०७ पछि सम्पर्कविहीन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *