नेपाल बैंक बागलुङ शाखाको भवन उद्घाटन


आदर्श अनलाइन, बागलुङ

नेपाल बैंक बागलुङको नवनिर्मत भवनको आज एक समारोहका बीच उद्घाटन गरिएको छ ।

बागलुङ नगरपालिका–३ स्थित आफ्नै जग्गामा रु दुई करोड ३६ लाख ४२ हजार लागतमा भवन निर्माण गरिएको सो बैंकको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
उद्घाटन पछि बोल्दै नगर प्रमुख श्रेष्ठले नीजि बंैकले भन्दा राम्रो सेवा दिन सफल भइरहेको नेपाल बैंकले जनताको बैंकिङ सेवामा कुनै कसर नराख्न आग्रह गर्नूभयो । उहाँले आफ्नै भवनबाट सेवा दिदा नागरिकले सहज रुपमा बैंकिङ सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

बैंकको भवन जीर्ण भएपछि चार वर्ष अघि भाडाका घरमा सरेर बैंकको सुविधा सम्पन्न भवन निर्माण गरिएको नेपाल बैंक लिमिटेड शाखा प्रमुख अमृत सेवाले जानकारी दिनुभयो ।
बैंकले सुविधा सम्पन्न आफ्नै भवन निर्माण गरेर सेवा दिन थालिएको हो यसअघि सो बैंकले मासिक एक लाख भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको थियो ।

बैंकको नाममा रहेको छ आना एक पैसा जग्गामा तीन तले सुविधा सम्पन्न भवन निर्माण भएर हस्तान्तरण भएपछि सेवा दिन थालिएको हो । ‘डेभ एण्ड सायर तिलक जेबी निर्माण कम्पनी’ ले भवन ठेक्का मिित भन्दा अगावै सम्पन्न गरेको थियो ।

२१ हजार बढी ग्राहकलाई सेवा दिइरहेको बैंकको आफ्नै भवन बनेपछि नयाँ एटीएम सेवा, लकर सेवा, ग्राहकलाई पार्किङ सुविधासहितको सेवा दिएको शाखा प्रमुख अमृत सेवाको भनाइ छ ।
घ वर्गको शाखामा दुई पटक उत्कृष्ट शाखाबाट सम्मानित भइसकेको छ । नेपाल बैंक लिमिटेडको देशभर २१३ शाखा १४८ एटीएम ५० वटा एक्टेन्सन काउन्टर र २० लाख ग्राहक रहेका छन् । बागलुङको शाखा र एक्सटेन्सन काउन्टरमा गरी २१ जना कर्मचारी कार्यरत छन् ।

बागलुङ सदरमुकामसहित गलकोट र ढोरपाटन नगरपालिकामा बैंकको शाखा छ । नेपालकै सबैभन्दा पुरानो सो बैंकको बागलुङ शाखाले २०१७ साल माघ ४ गतेदेखि वित्तीय सेवा दिँदै आएको छ । उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय पोखराका प्रमुख प्रतिमा श्रेष्ठ, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, धौलागिरि प्राविधिक शिक्षालयका श्रीप्रसाद शर्मा लगायतका बक्ताहरूले नेपाल बैंक लिमिटेडको सेवा अन्य बैंकको तुलनामा छिटो छरितो र भरपर्दो हुनुपर्ने धारणा राख्नुभएको थियो ।

नेपाल बैंक लिमिटेडले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू लाई खादा र अबिर लगाएर सम्मान तथा स्वागत गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *