गाँजा सहित ताराखोलाका पुन पक्राउ


आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले प्रतिवन्धित लागु औषधका रुपमा रहेको गाँजाको धूलो सहित ताराखोलाका एक व्यक्ति पक्राउ गरेको छ ।

जिल्ला प्रहरीले कार्यालयले बागलुङको ताराखोला गाउँपालिका –५ वस्ने गिरी प्रसाद पुनले आफ्नो घर नजिकै राखिएको दुई केसी गाँजाको धूलो सहित पुनलाई सोमबार उहाँकै घरबाट पक्राउ गरेको छ ।

पुनबाट गाँजाको धूलो बनाउन प्रयोग गर्ने दुई थान मेशिन समेत बरामद गरी सोमबारनै जिल्ला प्रहरी कार्यालय बागलुङले सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *